Kathmandu Press

बैंकिङ कसुर मुद्दाका फरार तीन प्रतिवादी पक्राउ 

बैंकिङ कसुर मुद्दाका फरार तीन प्रतिवादी पक्राउ 

म्याग्दी, साउन १३ : जिल्ला अदालत म्याग्दीबाट बैंकिङ कसुर मुद्दामा कैद तथा जरिवाना ठहर भई फरार रहेका तीनजना फरार प्रतिवादीलाई म्याग्दी बेनीबजारका विभिन्न स्थानबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ।  

पक्राउ पर्नेहरुमा बेनी नगरपालिका–२ बस्ने ५५ वर्षीया सुनिता नेपाली, सोही नगरपालिका–४ बस्ने ३३ वर्षीया जगदेवी थापा मगर र सोही ठाउँ बस्ने ३५ वर्षीया निर कुमारी खत्री रहेका छन्। 

Hardik ivf

बैंकिङ कसुर मुद्दामा सुनितालाई ६ महिना कैद तथा ९ लाख ७८ हजार २ सय २५ रुपैयाँ जरिवाना, जगदेवीलाई ६ महिना कैद तथा ९ लाख ७९ हजार ६ सय ४९ रुपैयाँ जरिवाना र निर कुमारीलाई ६ महिना कैद र ९ लाख ७० हजार ३ सय ५६ रुपैयाँ जरिवाना ठहर भई फरार भएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।  

उनीहरुलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत म्याग्दीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद तथा जरिवाना भुक्तानका लागि कारागार कार्यालय म्याग्दी पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। 
 

प्रकाशित मिति: १३:३६ बजे, बुधबार, साउन १३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्