Kathmandu Press

नक्कली नो–अब्जेक्सन लेटर प्रयोग गरी विदेश जान खोज्ने पक्राउ

काठमाडौं, ९ साउन : नक्कली नो–अब्जेक्सन लेटर प्रयोग गरी विदेश जान खोजेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–९ बस्ने झापा भद्रपुर...
नक्कली नो–अब्जेक्सन लेटर प्रयोग गरी विदेश जान खोज्ने पक्राउ

काठमाडौं, ९ साउन : नक्कली नो–अब्जेक्सन लेटर प्रयोग गरी विदेश जान खोजेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

काठमाडौं महानगरपालिका–९ बस्ने झापा भद्रपुर नगरपालिका–७ घर भएका २४ वर्षीय सुमन राजवंशीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ।

Hardik ivf

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अर्कै व्यक्तिको नाममा जारी भएको एनओसी नम्बर ७७१२८९२ को नो–अब्जेक्सन लेटरमा विवरण किर्ते गरेर आफ्नो नाममा जारी भएको बनाई युक्रेन जान लागेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरी टेलीले उनलाई सिनामंगलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको ब्यूरोले जनाएको छ।
 

प्रकाशित मिति: १७:२० बजे, शनिबार, साउन ९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्