Kathmandu Press

जसपा विवादमा निर्वाचन आयोगले गर्ने सनाखतविरुद्ध ठाकुर समूहको रिट

जसपा विवादमा अन्तिम निर्णय लिन निर्वाचन आयोगले गर्न लागेको सनाखतविरुद्ध अध्यक्ष महन्थ ठाकुर पक्षले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।
जसपा विवादमा निर्वाचन आयोगले गर्ने सनाखतविरुद्ध ठाकुर समूहको रिट

काठमाडौं, साउन ८ : जसपा विवादमा अन्तिम निर्णय लिन निर्वाचन आयोगले गर्न लागेको सनाखतविरुद्ध अध्यक्ष महन्थ ठाकुर पक्षले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

दुई पक्षबीच विवाद किनारा लगाउन आयोगले ११ साउनमा केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको सनाखत गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यकारिणीमा आफ्नो ४० प्रतिशत नपुग्ने देखेपछि ठाकुर पक्षले अदालतमार्फत सनाखत रोक्ने उद्देश्यले रिट दायर गरेको हो ।

Hardik ivf

जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता पाउने लगभग निश्चित छ । ठाकुर पक्षले ४० प्रतिशत पनि पु¥याउन नसक्दा अर्कै पार्टी गठन गर्नुपर्ने अवस्था छ ।

पार्टीभित्र आफ्नो हैसियत देखिने भएपछि त्यसलाई रोक्ने प्रयासमा ठाकुर पक्ष लागेको हो । उक्त पक्षका तर्फबाट प्रदीप पाठकले रिट दायर गरेका हुन् ।
 

प्रकाशित मिति: १९:३३ बजे, शुक्रबार, साउन ८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्