Kathmandu Press

दुईजना मृत अवस्थामा फेला 

काठमाडौं, साउन ८ : पाल्पामा एक र बैतडीमा एक गरी दुईजना मृत अवस्थामा भेटिएका छन्। पाल्पाको रिब्दिकोट गाउँपालिका-६ ठिमुरे बस्ने ३५ वर्षीय चिरञ्जीवी राना...
दुईजना मृत अवस्थामा फेला 

काठमाडौं, साउन ८ : पाल्पामा एक र बैतडीमा एक गरी दुईजना मृत अवस्थामा भेटिएका छन्। 

पाल्पाको रिब्दिकोट गाउँपालिका-६ ठिमुरे बस्ने ३५ वर्षीय चिरञ्जीवी राना स्थानीय अर्दबाङ खोलानजिक बिहीबार मृत अवस्थामा फेला परेकाे प्रहरीले जनाएको छ। 

त्यस्तै बैतडीको मेलौली नगरपालिका-७ ल्वाथलीमा हाल नाम, थर, वतन नखुलेकी ३६ वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकाे प्रहरीको भनाइ छ। 

यी दुवै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १७:२६ बजे, शुक्रबार, साउन ८, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्