काभ्रेमा तीज जोडी प्रतियोगिता हुने
प्रतियोगितामा सहभागी हुन इच्छुक विवाहित जोडिहरूले आयोजकको फेसबुक पेज लाइक गर्नुपर्नेछ। पठाइने फोटो स्पष्ट, सभ्य र परम्परागत नेपाली तीज पोशाकमा खिचिएको हुनुपर्नेछ।
काभ्रे, साउन १० : काभ्रेमा तीज जोडी प्रतियोगिता हुने भएको छ। नेपाली कांग्रेस काभ्रेको सांस्कृतिक शाखाले ‘तीज जोडी फोटो प्रतियोगिता–२०८२’ आयोजना गर्न लागेको हो।
हरितालिका तीजको अवसर पारेर साउन १२ गतेदेखि सुरु हुने प्रतियोगिता भदौ २ गतेसम्म सामाजिक सञ्जालमार्फत सञ्चालन हुनेछ।
प्रतियोगितामा सहभागी हुन इच्छुक विवाहित जोडिहरूले आयोजकको फेसबुक पेज लाइक गर्नुपर्नेछ। पठाइने फोटो स्पष्ट, सभ्य र परम्परागत नेपाली तीज पोशाकमा खिचिएको हुनुपर्नेछ।
सहभागी हुन इच्छुक जोडीको फोटो फेसबुक पेजको मेसेज बक्स वा ह्वास्स एप नम्बर ९८४३५७४०३९ मा पूरा नाम, थर र ठेगाना सहित पाँच सय रूपैया शुल्क बुझाई सहभागिता सुनिश्चित गर्नु पर्ने आयोजकले जनाएको छ।
प्रतियोगितामा प्रथम हुने जोडीलाई नगद रु १५ हजार, सम्मानपत्र, सुद्ध मह १ माना, सुद्ध घ्यू १ माना,फिल्मको २ वटा भिआपि टिकेट, दोस्रो हुनेलाई नगद १० हजार, सम्मानपत्र, सुद्ध मह १ माना, सुद्ध घ्यू १ माना,फिल्मको २ वटा भिआपि टिकेट र तेस्रो नगद ५ हजार, सम्मानपत्र, सुद्ध मह १ माना, सुद्ध घ्यू १ माना,फिल्मको २ वटा भिआपि टिकेट प्रदान गरिने छ।
प्रतियोगिताका टप २५ मा पर्ने सबै २५ जोडीलाई प्रमाणपत्र सहित विशेष होटलमा सम्मान तथा भोज कार्यक्रम आयोजना गरिनेछ। यस्तै शुभकामना सिनेमा हलको सहकार्यमा गोला प्रणालीमार्फत १० जोडीलाई २० वटा भिआपी टिकेट वितरण गरिने आयोजकले जानकारी दिएको छ।
आयोजकका अनुसार प्रतियोगिता साउन १२ गते सोमबार दिउँसो १२ बजेबाट सुरु भई एक महिनासम्म नेपाली कांग्रेस काभ्रे सांस्कृतिक शाखाको आधिकारिक फेसबुक पेजमा सञ्चालन हुनेछ। मौलिक नेपाली पहिरनमा सजिएका विवाहित जोडीहरूले सहभागिता जनाउन पाउने यो कार्यक्रमले सांस्कृतिक जरा मजबुत बनाउने लक्ष्य लिएको छ।
कार्यक्रम संयोजकका अनुसार, आधुनिकता र फेसनको भीडमा हराउँदै गएको मौलिक नेपाली पहिचानलाई पुनर्जीवित गर्दै तीज पर्वको सामाजिक पक्षलाई उजागर गर्न यो प्रतियोगिता सशक्त माध्यम बन्नेछ। विशेषगरी विवाहित महिलाहरूको सहभागिता, परम्परा र पहिरनलाई जोड दिनेगरी यो प्रतियोगिता सार्वजनिक गरिएको हो।
नेपाली कला, संस्कृति र मौलिक चाडपर्वको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित संस्कृति संरक्षणसँगै सामाजिक एकता र सौहार्दता अभिवृद्धिमा टेवा पुर्याउने उद्देश्यसहित यो कार्यक्रम सुरु गर्न लागिएको आयोजकले जनाएको छ।











-(7)-1765197040.jpg)
