Kathmandu Press

ओलीप्रति नेपालको कटाक्ष : महाराजधिराजबाट आममाफी आयो, खुसी होऔं, नाचौं

काठमाडौं, साउन ८ : एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आममाफी दिने भनी गरेको घोषणालाई लिएर पार्टी अध्यक्ष केपी ओलीको कटाक्ष गरेका छन्।ललितपुरको च्यासलस्थित...
ओलीप्रति नेपालको कटाक्ष : महाराजधिराजबाट आममाफी आयो, खुसी होऔं, नाचौं

काठमाडौं, साउन ८ : एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आममाफी दिने भनी गरेको घोषणालाई लिएर पार्टी अध्यक्ष केपी ओलीको कटाक्ष गरेका छन्।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आज (शुक्रबार) आयोजित कार्यक्रममा बोल्ने क्रममा उनले आममाफीसम्बन्धी ओलीको अभिव्यक्तिलाई ‘श्री ५ महाराजधिराजको हुकुम’ को संज्ञा दिए।

Hardik ivf

‘श्री ५ महाराजधिराजबाट अभिव्यक्ति आयो, माननीय सदस्यहरुमाथि जति पनि स्पष्टीकरण सोधिएकाहरुलाई आममाफी दिइन्छ । एम्नेस्टी इज ग्रान्टेड,’ उनले व्यंग्य गर्दै भने, ‘महाराजधिराज खुसी हुनुभएको छ। हामीलाई आममाफी मिलेको छ। खुसी हुनुपर्ने भयो, नाच्नुपर्ने भयो।’

लगत्तै नेपालले प्रश्न गरे, ‘यही हो कम्युनिस्ट पद्धति?’ उनले ओलीको प्रवृत्तिमा अझै सुधार नआएको र आफूहरूलाई स्पष्टीकरण सोधेर ओलीले झनै गल्ती गरेको बताए।

उनले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने २२ सांसद र समर्थन गर्ने झलनाथ खनाल सलाम भन्दै सम्मान गरे। उनले पहिले आफूसँगै रहेका ११ संसदलाई विपक्षमा भोट नखसालेको प्रति पनि सलाम भनी सम्मान गरे।

उनले साउन ३ गते देउवालाई विश्वासको मत पुग्न नदिने र आफ्नो कदम ठीक थियो भनेर स्थापित गर्न खोज्ने ओली कदमलाई असफल बनाएको दाबी उनले गरे। संसदलाई जोगाउँदै संविधानको रक्षा गरेको कार्यलाई उनले जायज भएको उल्लेख गरे।

प्रकाशित मिति: १७:१० बजे, शुक्रबार, साउन ८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्