पहिरो जाँदा कुलेखानी सडक अवरुद्ध
काठमाडौं, साउन ८ : मदन भण्डारी राजमार्गको कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङ सडकमा आज (शुक्रबार) बिहान सुक्खा पहिरो जाँदा त्यहाँको यातायात सेवा अवरुद्ध...काठमाडौं, साउन ८ : मदन भण्डारी राजमार्गको कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङ सडकमा आज (शुक्रबार) बिहान सुक्खा पहिरो जाँदा त्यहाँको यातायात सेवा अवरुद्ध भएको छ।
पहिरोले सडकको करिब ३५ मिटर लामो भाग पुरेकाले त्यसलाई पन्छाउन सडक विभागको प्राविधिकसहितको टोली गइसकेको र आजै अपराह्नसम्म पहिरो हटाई यातायात सेवा सञ्चालन गर्र्ने प्रयास भइरहेको सिस्नेरी प्रहरीचौकीले जनाएको छ।
पहिरो पन्छाउन सिस्नेरीबाट खटिएको प्रहरी टोलीले समन्वय गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले बताए।
प्रकाशित मिति: १३:२४ बजे, शुक्रबार, साउन ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
च्याम्राङबेंशीमा जेष्ठ नागरिक, एकल महिलालाई सम्मान, विद्यार्थीलाई पोशाक वितरणबुधबार, वैशाख ५, २०८१
कामनपा २६ का अरुण थापा सम्मानितबुधबार, वैशाख ५, २०८१
मधेस प्रदेशका वन मन्त्री कुर्मीले बुझाए राजीनामामंगलबार, वैशाख ४, २०८१
‘प्रत्येकले आफ्नो कमाइको १० प्रतिशत बाबुआमालाई छुट्याउनुपर्छ’मंगलबार, वैशाख ४, २०८१