Kathmandu Press

खोलामा डुबेर बेपत्ता

नवलपुर, साउन ८ : नलपरासी (बर्दघाट-सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिकामा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्ति बेपत्ता भएका छन्।त्रिवेणी-५ मा पर्ने भैँसी खोलामा...
खोलामा डुबेर बेपत्ता

नवलपुर, साउन ८ : नलपरासी (बर्दघाट-सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिकामा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्ति बेपत्ता भएका छन्।

त्रिवेणी-५ मा पर्ने भैँसी खोलामा पौडी खेल्ने क्रममा स्थानीय १६ वर्षीय हिमाल लम्का मगर बिहीबार अपराह्न डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ। 

Hardik ivf

छिमेकीको मलामी गएर फर्किँदै गर्दा स्थानीय भैँसी खोलाको बाँधमा पौडी खेल्ने क्रममा मगर डुबेर बेपत्ता भएको प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।

बेपत्ता भएका मगरको इलाका प्रहरी कार्यालय दुम्कीबासबाट खटिएको प्रहरी टोलीका साथै स्थानीयवासी मिलेर खोजी कार्य जारी राखिएको बताइएको छ।

प्रकाशित मिति: १२:३१ बजे, शुक्रबार, साउन ८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्