Kathmandu Press

अर्थमन्त्रीको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षद्वारा मधेश प्रदेश सभा बैठक बहिस्कार

प्रमुख प्रतिपक्षका सांसदहरुले अर्थमन्त्री सुनिलकुमार यादवको राजिनामा माग गर्दै बैठक बहिस्कार गरेपछि समाभुख रामचन्द्र मण्डलले शुक्रबारसम्मका लागि स्थगित गरेका हुन्।
अर्थमन्त्रीको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षद्वारा मधेश प्रदेश सभा बैठक बहिस्कार

जनकपुर, भदौ १२ : एक महिनापछि बसेको मधेश प्रदेश सभा बैठक सुरु भए लगत्तै स्थगित भएको छ। 

प्रमुख प्रतिपक्षका सांसदहरुले अर्थमन्त्री सुनिलकुमार यादवको राजिनामा माग गर्दै बैठक बहिस्कार गरेपछि समाभुख रामचन्द्र मण्डलले शुक्रबारसम्मका लागि स्थगित गरेका हुन्।

Hardik ivf

जनता समाजवादी पार्टी नेपालका मुख्य सचेतक सांसद रामअसिश यादवले प्रदेश सभामा पेश गरिएको २०८२/०८३ को बजेट वक्तव्यमा ४६१ पाना रहेको र पछि आफूहरुले पाएको रेड बुकमा २९४ पाना थप भई जम्मा ७५५ पानाको बजेट रहेको देखिएकोले २९४ पानामा करोडौंको योजनाहरु चोरी भई समेटिएको आरोप लगाए। 

उनले असन्तुलित बजेट आएको र बजेटमा पनि बिचोलिया हाबी भएको आरोप लगाए। सांसद यादवले अर्थमन्त्रीले राजिनामा नदिएसम्म प्रदेश सभा बैठक बहिस्कार गर्ने चेतावनी दिए।

त्यसपछि सभामुख मण्डलले बैठक भोलीसम्मका लागि स्थगित भएको जानकारी गराएका थिए।
 

प्रकाशित मिति: १६:२६ बजे, बिहीबार, भदौ १२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्