Kathmandu Press

एचआइडिसिएलको हकप्रद सेयरका लागि साउन २५ सम्म आवेदन दिन पाइने

काठमाडौं, साउन ६ : हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) को हकप्रद सेयरका लागि आवेदन दिने अन्तिम समयसीमा साउन २५ लाई तोकिएको छ।कम्पनीले...
एचआइडिसिएलको हकप्रद सेयरका लागि साउन २५ सम्म आवेदन दिन पाइने

काठमाडौं, साउन ६ : हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) को हकप्रद सेयरका लागि आवेदन दिने अन्तिम समयसीमा साउन २५ लाई तोकिएको छ।

कम्पनीले हिजो (साउन ५ गते) देखि एक कित्ता बराबर नयाँ एक कित्ता सेयरको अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो। कम्पनीले सय रुपैयाँ अंकित दरका ११ करोड कित्ता हकप्रद निष्कासन गरेको हो। हकप्रद निष्कासन तथा बाँडफाँटपछि यस कम्पनीको चुक्ता पुँजी २२ अर्ब रुपैयाँ पुग्नेछ।

Hardik ivf

कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि जेठ २८ गते सेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। जेठ २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र सो हकप्रदमा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। मेरो सेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन पाइनेछ।

प्रकाशित मिति: १३:०६ बजे, बुधबार, साउन ६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्