झुम्का कारागारमा ४ सय बढी कैदीबन्दीमा ज्वरो, चार तीनमा ३ जनाको मृत्यु
झुम्का कारागारमा रहेका १ हजार ७ सय ९५ जना कैदीबन्दी मध्ये ४ सय बढीमा ज्वरोको प्रकोप देखिएको निमित्त जेलर राम निरौला बताएका छन। ज्वारोकै कारण पछिल्ला ४ दिनमा तीन जनाको मृत्यु भइसकेको उनले बताए।
सुनसरी, भदौ १९ : सुनसरीको रामधुनी नरपालिकास्थित झुम्का क्षेत्रीय कारागारमा भाइरल ज्वारोको प्रकोप देखिएको छ।
झुम्का कारागारमा रहेका १ हजार ७ सय ९५ जना कैदीबन्दी मध्ये ४ सय बढीमा ज्वरोको प्रकोप देखिएको निमित्त जेलर राम निरौला बताएका छन।
ज्वारोकै कारण पछिल्ला ४ दिनमा तीन जनाको मृत्यु भइसकेको उनले बताए।
जबर्जस्ती करणी मुद्दामा झुम्का कारागारमा सप्तरीको राजविराज–८ घरका ४६ वर्षीय जलेश्वर यादवको बुधबार बेलुका मृत्यु भएको जेलर निरौलाले जानकारी दिए। यादवलाई उच्च ज्वारो देखिएपछि बुधबार साँझै जिल्ला अस्पताल इनरुवा भर्ना गरिएकोमा उपचारका क्रममा निधन भएको हो।
यसअघि आइतबार रामदेव उराउ र सोमबार सागर राईको मृत्यु भएको थियो। मृतक तीनमध्ये दुई जनामा उच्च ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएको उनले बताए।
उच्च ज्वरो आएका १९ जनालाई उपचारका अस्पलताल भर्ना गरिएको छ।
जिल्ला अस्पताल इनरुवा र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा कारागारभित्रै शिविर सञ्चालन गरिएको निमित्त जेलर निरौलाले जानकारी दिए। चिकित्सकको टोलीले भाइरज ज्वरो भएको निष्कर्ष निकालेको र विस्तारै नियन्त्रणमा आउन थालेको उनले बताए।











-ink-1744291933.jpeg)
