Kathmandu Press

राजन थापा निर्देशित ‘जीवाक’ सर्वोत्कृष्ट मगर लघु चलचित्र

काठमाडौं, साउन ४ : अनलाइन मगर लघु चलचित्र प्रतियोगिता-२०७७ मा चलचित्र राजन थापा निर्देशित ‘जीवाक’ सर्वोत्कृष्ट बन्न सफल भएको छ।मगर चलचित्रकर्मी संघद्वारा आयोजित...
राजन थापा निर्देशित ‘जीवाक’ सर्वोत्कृष्ट मगर लघु चलचित्र
Hardik ivfHardik ivf

काठमाडौं, साउन ४ : अनलाइन मगर लघु चलचित्र प्रतियोगिता-२०७७ मा चलचित्र राजन थापा निर्देशित ‘जीवाक’ सर्वोत्कृष्ट बन्न सफल भएको छ।

मगर चलचित्रकर्मी संघद्वारा आयोजित उक्त प्रतियोगितामा सुमन थापा निर्देशित ‘आश्वासन’ले दोस्रो र अशोक आले निर्देशित ‘इमसार’ले तेस्रो स्थान हासिल गरे।

सर्वोकृष्ट चलचित्र ‘जीवाक’ लाई नगद २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको मगर चलचित्रकर्मी संघका अध्यक्ष युवराज मास्कीमगरले बताए। उनका अनुसार ‘आश्वासन’ २० हजार र ‘इमसार’ले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।

‘जीवाक’ले स्क्रिनप्ले र सम्पादन तथा ‘आश्वासन’ले सिनेमाटोग्राफीमा थप ५/५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको अध्यक्ष मास्कीले जानकारी दिए। 

कोरोना महामारीले निम्त्याएको विषम परिस्थितिमा पनि चलचित्रकर्मीको सिर्जनात्मकता जीवन्त बनाइराख्ने उद्देश्यले अनलाइनमार्फत सम्पन्न प्रतियोगितमा पुरस्कृत तीन चलचित्रसहित नेपालबाट मैत्या घर्तीमगरको ‘कुलपूजा’, मरिचमान घर्तीमगरको ‘पीडा’, ज्ञान बहादुर थापामगरका ‘साली त भेनाकै हो’, रमेश रानाको ‘वाचाबन्धन’, वसन्त कुमार सिंजालीमगरको  ‘के ?’ ले सहभागिता जनाएका थिए।

त्यसैगरी जापानबाट मीन थापा वाहाली निर्देशित ‘रा’, बेलायतबाट विश्वजित थापा निर्देशित ‘अलिखित’ गरी १० वटा चलचित्र प्रतियोगिताका लागि छनोटमा परेका थिए।

पहिलो प्रयासले पुरस्कार प्राप्त गर्दा आफूहरू अत्यन्त उत्साहित भएको र आगामी दिनहरुमा चलचित्रहरु निर्माणका लागि प्रेरणा मिलेको प्रतिक्रिया पुुरस्कृत चलचित्रका निर्देशकहरूले बताए। 

कार्यक्रममा विशिष्ठ अतिथि चलचित्र बिकास बोर्डका चलचित्र उत्पादन अधिकृत हरिसिंह रैखोलाले डेढ वर्षयता चलचित्र विकास बोर्ड र आदिवासी चलचित्रसम्बद्ध संघसंस्थाहरूबीच सहकार्य तथा समन्वय हुन नसकेको बताए। मगर संघ भारतका महासचिव विष्णु राना, आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले आदिवासी मातृभाषी चलचित्रहरुको महत्व, यसको स्तर र बजार सुधार गर्नुपर्ने आवश्यकताबारे प्रकाश पारे।

महासंघ अध्यक्ष सुनुवारले मगर चलचित्र निर्माण निकै पहिला सुरु भए पनि यसले संख्यात्मक गति लिन नसकेको भन्दै चिन्ता प्रकट गरे। नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुनमगरले चलचित्रकर्मीहरुलाई सिर्जनामा लाग्न र राम्राराम्रा स्क्रिनप्ले लेख्न अनुरोध गर्दै लगानीकर्ताको अभाव भएमा नेपाल मगर संघको तर्फबाट पनि निर्माता खोज्न र बजार प्रवर्धनमा सहयोग गरिने बताए।

नतिजा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रतियोगिताका संयोजकसमेत रहेका मगर चलचित्रकर्मी संघ केन्द्रीय सदस्य तिलबहादुर थापामगर, मगर चलचित्रकी अध्येता अस्मिता श्रीस, मगर चलचित्रका प्रथम नायक राज थापा र वरिष्ठ चलचित्रकर्मी तथा लेखक बिजयरत्न तुलाधर, चलचित्रकर्मी प्रतिमाया पुनमगरले मातृभाषी लघु चलचित्रको महत्वबारे प्रकाश पारेका थिए।

अध्यक्ष मास्कीले कार्यक्रम समापन गर्दै पुरस्कार प्रायोजक छवि थापामगर, लक्ष्मी थापामगर, रीत थापामगर, उज्वल थापामगर, मदन थापामगर, दिलिपकुमार माझी (स्क्रिनप्ले), म्यामराज राई विशेष धन्यवाद दिए। उनले युवाहरुलाई नयाँ प्रविधि प्रयोग गरी आफ्ना चलचित्रमा खासगरी मौलिक कथालाई समेट्न सुझाव दिए।

प्रकाशित मिति: १३:४६ बजे, सोमबार, साउन ४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘बोक्सीको घर’ प्रदर्शनमा
‘बोक्सीको घर’ प्रदर्शनमा
आजबाट सिनेमा हलमा  ‘बोक्सीको घर’ 
आजबाट सिनेमा हलमा  ‘बोक्सीको घर’