Kathmandu Press

अल्लु अर्जुनकी छोरी अल्लु अरहाले छोरीकै भूमिकामा फिल्म डेब्यु गर्दै

काठमाडौं, साउन १ : साउथ इन्डियन सुपर स्टार अल्लु अर्जुनकी  पाँच वर्षीय छोरी अल्लु अरहाले फिल्ममा डेब्यु गर्ने भएकी छन्।निकट भविष्यमै बन्न लागेको...
अल्लु अर्जुनकी छोरी अल्लु अरहाले छोरीकै भूमिकामा फिल्म डेब्यु गर्दै

काठमाडौं, साउन १ : साउथ इन्डियन सुपर स्टार अल्लु अर्जुनकी  पाँच वर्षीय छोरी अल्लु अरहाले फिल्ममा डेब्यु गर्ने भएकी छन्।

निकट भविष्यमै बन्न लागेको फिल्म ‘शकुन्तला’मा अल्लु अरहाले डेब्यु गर्न लागेकी हुन्। उक्त फिल्ममा अभिनेत्री सामन्था अक्किनेनी र अल्लु अर्जुनको मुख्य भूमिका रहेको छ। उक्त फिल्ममा अल्लु अल्लुकी छोरीकै भूमिकामा अल्लु अरहालाई डेब्यु गराउन लागिएको हो।

Hardik ivf

यसअघि म्युजिक भिडियोमा अभिनय गरिसकेकी अल्लु अरहाको आफ्नै सामाजिक सञ्जालबाट फिल्ममा डेब्यु हुन लागेको जनाइएको हो। भारतीय मिडियाका अनुसार अल्लु अर्जुनले पनि सानै उमेरमा फिल्म डेब्यु गरेका हुन् । फिल्म डेब्यु गर्दा उनी जम्मा दुई वर्षका थिए।

अल्लु अर्जन फिल्मी दुनियाँसँग जोडिने तेस्रो पिँढी हुन्। उनका हजुरबुबा र बुबा फिल्मी दुनियाँमै संलग्न छन्। अल्लु अरहाले फिल्ममा जोडिनेबित्तिकै अल्लु अर्जुनको परिवारको चौथो पिँढी पनि सोही क्षेत्रमा हुनेछ।

प्रकाशित मिति: १२:५२ बजे, शनिबार, साउन २, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्