Kathmandu Press

अन्तिम टि–२०मा वेस्टइन्डिजले अस्ट्रेलियालाई हरायो

काठमाडौं, साउन २ : ५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा वेस्टइन्डिजले अस्ट्रेलियालाई हराएको छ। डारेन सामी इन्टरनेशनल क्रिकेट मैदान सेन्ट लुसियमा शुक्रबार राति भएको...
अन्तिम टि–२०मा वेस्टइन्डिजले अस्ट्रेलियालाई हरायो

काठमाडौं, साउन २ : ५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा वेस्टइन्डिजले अस्ट्रेलियालाई हराएको छ। डारेन सामी इन्टरनेशनल क्रिकेट मैदान सेन्ट लुसियमा शुक्रबार राति भएको खेलमा इभान लेविसले उत्कृष्ट ब्याटिङ मद्दतमा वेस्टइन्डिजले अस्ट्रेलियालाई १६ रनले हरायो।

योसँगै ५ खेलको टि२० सिरिज वेस्टइन्डिजले ४–१ले जित्यो । सिरिजको सुरुआती तीन खेल जित्दै वेस्टइन्डिजले सिरिज जितेको थियो । चौथो टि–२० अस्ट्रेलियाले ४ रनले जितेको थियो। वेस्टइन्डिजले पहिलो टि–२० १८ रनले, दोस्रो ५६ रनले र तेस्रो टि–२० ६ विकेटले जितेको थियो।

Hardik ivf

पहिला ब्याटिङ गर्दै वेस्टइन्डिजले दिएको २ सय रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १८३ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान आरोन फिन्चले सर्वाधिक ३ रन बनाए भने मिचेल मार्सले ३० र म्याथु वेडले २६ रनको योगदान दिए । वेस्टइन्डिजका सेलडन कोट्रेल र आन्द्रे रसेलले समान ३ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १९९ रन बनायो । उसका लागि ओपनर इभान लेविसले सर्वाधिक ७९ रन बनाए । विस्फोटक ब्याटिङ गरेका उनले ३४ बलमा ४ चौका र ९ छक्का प्रहार गरे। 

यस्तै, निकोलस पुरनले १८ बलमा ३१ रन बनाउँदा क्रिस गेलले ७ बलमा २१ र लिन्डेल सिमोन्सले २५ बलमा २१ रनको योगदान दिए। अस्ट्रेलियाका एन्ड्रयु टाइले ३ तथा मिचल मार्स र एडम जम्पाले समान २ विकेट लिए।

वेस्टइन्डिज भ्रमणमा रहेको अस्ट्रेलियाले अब घरेलु टोलीसँग ३ खेलको एकदिवसीय सिरिज खेल्ने छ। सिरिजका खेल २१ जुलाई, २३ जुलाई र २५ जुलाईमा हुनेछ।

प्रकाशित मिति: ११:१८ बजे, शनिबार, साउन २, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्