Kathmandu Press

भारतीय टेलिभिजनकी अभिनेत्री सुरेखा सिकरीको निधन

भारतीय टेलिभिजनकी अभिनेत्री सुरेखा सिकरीको निधन

काठामाडौं, साउन १ : भारतीय टेलिभिजनकी अभिनेत्री सुरेखा सिकरीको निधन भएको छ।

कार्डियाक अरेस्टका कारण ७५ वर्षको उमेरमा आज (शुक्रबार) उनको निधन भएको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ। 

Hardik ivf

सुरेखामा केही समयदेखि स्वास्थ्यमा विभिन्न समस्या आएका थिए। गत वर्ष पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो। यसपछि उनको स्वास्थ्य अवस्था बिग्रदै गएको उक्त भारतीय सञ्चार माध्यमले जनाएको छ। 

नयाँ दिल्लीमा जन्मिएकी सुरेखाले उत्तर प्रदेशको अल्मोडा र उत्तराखण्डको नैनीतालमा आफ्नो जीवन बिताइन्।

अभिनेत्रीले अलीगढ मुस्लिम युनिभर्सिटीबाट आफ्नो पढाइ पूरा गरिन् र नेसनल स्कुल अफ ड्रामामा अभिनय सिकेकी थिइन्।

उनले सन् १९७८ मा फिल्म ‘किस्सा कुर्सी का’बाट अभिनय करियर सुरुवात गरिन्। यसपछि उनले कैयौं फिल्म र टेलिफिल्ममा अभिनय गरिन्। 

सुरेखाले चर्चित सिरियल ‘बालिका वधु’मा  ‘दादी’को भूमिका निभाएकी थिइन्। यस्तै चलचित्रतर्फ उनले तमास, हरी–भरी, जुबैदा, नजर, मामो, सरदारी बेगम, सरफरोस, बधाई हो लगायतमा अभिनय गरेकी छन्।

उनले ‘तमास’, ‘मामो’ र ‘बधाई’का लागि नेसनल अवार्डसमेत जितेकी छन्।

प्रकाशित मिति: १३:२४ बजे, शुक्रबार, साउन १, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्