Kathmandu Press

युनियन लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट

काठमाडौं, असार ३१ : युनियन लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक बिक्री प्रबन्धक प्रभु क्यापिटल...
युनियन लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट

काठमाडौं, असार ३१ : युनियन लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले आज साँझ शेयर बाँडफाँट गरेको हो ।

कम्पनीले यही असार २४ गतेदेखि २८ गतेसम्म सर्वसाधारणमा आइपिओ जारी गरेको थियो । संस्थाको आइपिओमा २१ लाख ८२ हजार ७७५ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्येबाट चार हजार ८०८ जनाको दोहोरो आवेदन तथा अन्य कारणबाट ६५ हजार १७५ जना गरी ६९ हजार ९७६ जनाको आवेदन रद्द भएको कम्पनीले जनाएको छ ।

योग्य आवेदक २१ लाख १२ हजार ७९९ जनामध्येबाट कम्पनीले गोलाप्रथाबाट पाँच लाख ८० हजार ५०० जनालाई न्यूनतम १० कित्ता शेयर पाएको कम्पनीले जनाएको छ । आवेदन दिएकामध्ये १६ लाख दुई हजार २७५ जना आवेदक हात खाली भएका छन् ।

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित दरका ६५ लाख ५० हजार कित्ता साधारण शेयर बिक्री खुला गरेको  थियो ।

प्रकाशित मिति: २१:०६ बजे, बिहीबार, असार ३१, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्