सुनको मूल्य तोलामा २१ सय बढ्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा मूल्यवृद्धि हुँदै छापावाल सुन तोलामा १ लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको हो।
काठमाडौं, साउन ७ : नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा मूल्यवृद्धि हुँदै छापावाल सुन तोलामा १ लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको हो।
मंगलबार छापावाल सुन तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको थियो।
बुधबार चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार बुधबार चाँदी तोलामा २ हजार ३५० रुपैयाँ कायम भएको छ।
यसअघि मंगलबार चाँदी तोलामा २ हजार ३२० रुपैयाँ कायम भएको थियो।
प्रकाशित मिति: १२:१० बजे, बुधबार, साउन ७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1764753058.png)
-1764751301.jpg)
