१८ खर्ब चार अर्ब रुपैयाँ बराबरको वस्तु आयात
विभागले मंगलबार जारी गरेको तथ्यांकअनुसार यस भन्दा अघिको बर्ष २०८०/८१ मा १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख २८ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
काठमाडौं, साउन ६ : भन्सार विभागको तथ्याङकले आर्थिक वर्ष २०८१/८२ मा १८ खर्ब चार अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको देखाएको छ।
विभागले मंगलबार जारी गरेको तथ्यांकअनुसार यस भन्दा अघिको बर्ष २०८०/८१ मा १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख २८ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ । तथ्याङक अनुसार गत आर्थिक वर्षमा निर्यात ८१.८० प्रतिशतले बढेको छ।
यस्तै,आर्थिक वर्ष २०८१/८२ मा २ खर्ब ७७ अर्ब तीन करोड २ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा एक खर्ब ५२ अर्ब ३८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो।
गत आर्थिक वर्षमा एक खर्ब ६ अर्ब ७९ करोड रुपैयाँ बराबरको भटमासको तेल निर्यात भएको तथ्याङकले देखाएको छ । भटमासको तेल उत्पादनको लागि मात्र एक खर्ब ८ अर्बको कच्चा पदार्थ आयात भएको छ।
गत आर्थिक वर्षमा नेपालबाट २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख रुपैयाँ बढीको वैदेशिक व्यापार भएको छ । आयातको तुलनामा निर्यात न्यून हुँदा १५ खर्ब २७ अर्ब ९ करोड २५ लाख रुपैयाँमाथिको व्यापार घाटा भएको विभागको तथ्यांकले देखाएको छ।












-(86)-1764936079.jpg)