Kathmandu Press

दोहोरो अंकले बढेको नेप्से झण्डै २९ सय विन्दूमा, कारोबार रकम घट्यो

आज नेप्से परिसुचक बढेसँगै २८९२.७२ बिन्दुमा पुगेर रोकिएको छ। ११ महिनायतौ उच्च विन्दू हो। गत भदौ ९मा नेप्सले २८९४ विन्दूमा पुगेको थियो। 
दोहोरो अंकले बढेको नेप्से झण्डै २९ सय विन्दूमा, कारोबार रकम घट्यो

काठमाडौं, साउन ५ : साताको दोस्रो कारोबार दिन नेप्से परिसुचक २१.७६ अंकले बढेको छ। नेप्से बढेपनि यसदिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।

आज नेप्से परिसुचक बढेसँगै २८९२.७२ बिन्दुमा पुगेर रोकिएको छ। ११ महिनायतौ उच्च विन्दू हो। गत भदौ ९मा नेप्सले २८९४ विन्दूमा पुगेको थियो। 

Hardik ivf

सोमबार कुल ३११ स्टकको १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार २३८ रुपैयाँ बराबरको ३ करोड, ५६ लाख ४९ हजार २११ कित्ता शेयर कारोबार भएको छ। अघिल्लो दिन कुल २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार १३३ रुपैयाँ बराबरको ५ करोड १६ लाख ५८ हजार ३८५ कित्ता शेयर खरिद विक्री भएको थियो।

आज सेन्सेटिभ इन्डेकस ४.४६ अंकले बढेको छ। फ्लोट इण्डेक्स १.६० अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने १.६८ अंकले बढेको छ।

सोमबार थ्री स्टार हाइड्रोपावर, ट्रेडटावर लिमिटेड, सान्भी इनर्जी र उन्नती सहकार्य लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। थ्रीस्टार हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता ८०.८८ रुपैयाँले वृद्धि भएर ८९०.१० रुपैयाँमा अन्तिम कारोबार भएको छ । ट्रेडटावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ४४.२० रुपैयाँले वृद्धि भएर ४८७.१० रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, सान्भी इनर्जी र उन्नती सहकार्य लघुवित्तको शेयर मूल्य क्रमशः प्रतिकित्ता ३९.४० रुपैयाँ र १९५०४ रुपैयाँले बृद्धि भएर ४३४.३० रुपैयाँ र २२७०.८४ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यस्तै, ग्रीन डेभ्लप्मेन्ट बैंक लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै प्रतिकित्ता १४७.७३ रुपैयाँले घटेर १३२९.६० रुपैयाँमा अन्तिम कारोबार भएको छ। सप्तकोशी विकास बैंकको शेयर मूल्यमा पनि नकारात्मक सर्किट लाग्दै ९३५.८० रुपैयाँमा अन्तिम कारोबार भएको छ। 

नेपाल रिइन्स्योरेन्स कम्पनी, बुटवल पावर कम्पनी, हिमालयन रिन्स्योरेन्स र फस्र्ट माइक्रो फाइनान्सको शेयर सबैभन्दा धेरै कारोबार भएको छ।

प्रकाशित मिति: १६:३२ बजे, सोमबार, साउन ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्