Kathmandu Press

छोटो समयमै लोकप्रिय बन्यो पशुपती र सम्झनाको ‘हैन र माया’ (भिडियो) 

काठमाडौं, असार ३१ : चर्चित लोकगायक एवं सर्जक पशुपति शर्माको तीज गीत ‘हैन र माया’ ले छोटो समयमै दर्शकहरुको माया पाएको छ ।सार्बजनिक...
छोटो समयमै लोकप्रिय बन्यो पशुपती र सम्झनाको ‘हैन र माया’ (भिडियो) 

काठमाडौं, असार ३१ : चर्चित लोकगायक एवं सर्जक पशुपति शर्माको तीज गीत ‘हैन र माया’ ले छोटो समयमै दर्शकहरुको माया पाएको छ ।

सार्बजनिक भएको एक हप्तामै गीत टिकटक लगायतका सामाजिक सञ्जालमा लोकप्रिय बनेको छ भने सार्बजनिक भएलगत्तै युटुब ट्रेडिङमा रहेको गीत यो समाचार तयार पार्दासम्म १० लाख ओभर भ्युअर सहित ट्रेडिङको तेश्रो नम्बरमा रहेको छ ।

माया प्रेमलाई विषय बनाई तयार पारिएको गीतमा शर्मासहित अर्की चर्चित गायिका सम्झना भण्डारीले स्वर दिएकी छिन् । गीतलाई स्वंम शर्मा आफैले लय तथा शब्द सिर्जना गरेका छन् भने भिडियो सम्झना र पशुपति स्वयमलाई देख्न सकिन्छ ।

प्रायः जसो सबै गीत लोकप्रिय हुने शर्मालाई पछिल्लो समय तीज गायक भनेर समेत चिन्न थालिएको छ । 

प्रकाशित मिति: २०:०७ बजे, बिहीबार, असार ३१, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्