Kathmandu Press

बाल कलाकार कमला घिमिरेको तीजगीत ‘हान्छु तिम्लाई लौरीले’ बजारमा

काठमाडौं, असार १८ : बाल कलाकार कमला घिमिरे र खेम सेञ्चुरीको स्वरमा रहेको तीजगीत ‘हान्छु तिम्लाई लौरीले’ बजारमा आएको छ। गीतलाई शुभारम्भ डिजिटल म्युजिक...
बाल कलाकार कमला घिमिरेको तीजगीत ‘हान्छु तिम्लाई लौरीले’ बजारमा
Hardik ivfHardik ivf

काठमाडौं, असार १८ : बाल कलाकार कमला घिमिरे र खेम सेञ्चुरीको स्वरमा रहेको तीजगीत ‘हान्छु तिम्लाई लौरीले’ बजारमा आएको छ। गीतलाई शुभारम्भ डिजिटल म्युजिक नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। 

गीतमा शब्द सङ्कलन नेत्र अर्याल र सङ्गीत सेञ्चुरीको हो । प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा सेञ्चुरी, घिमिरे, सरस्वती फुयाँल, आयुषा गौतम, रवीना बसेल, विवेक इटनी र आयुष अधिकारीले अभिनय गरेका छन्।  

सेञ्चुरी र घिमिरेको स्वरमा रहेको गीत ‘लरिलरि लै, रुन्छु बरिलै’ लाई दर्शकस्रोताले गत वर्ष रुचाएका थिए। यस वर्षको तीजगीतलाई पनि रुचाउनेमा आफूहरु आशावादी रहेको शुभारम्भ डिजिटलका व्यवस्थापक शम्भु कुँवरले बताए।
 

प्रकाशित मिति: १६:२६ बजे, शुक्रबार, असार १८, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘बोक्सीको घर’ प्रदर्शनमा
‘बोक्सीको घर’ प्रदर्शनमा
आजबाट सिनेमा हलमा  ‘बोक्सीको घर’ 
आजबाट सिनेमा हलमा  ‘बोक्सीको घर’