Kathmandu Press

प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति काइँलाको स्वास्थ्यमा सुधार

काठमाडौं, असार १७ : नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाको स्वास्थ्यमा सुधार आएको छ। एक साताअघि मस्तिष्काघात भई ओम अस्पतालमा  उपचाररत काइँलाको स्वास्थ्यमा क्रमिक रूपमा...
प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति काइँलाको स्वास्थ्यमा सुधार

काठमाडौं, असार १७ : नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाको स्वास्थ्यमा सुधार आएको छ। एक साताअघि मस्तिष्काघात भई ओम अस्पतालमा  उपचाररत काइँलाको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको अस्पतालले जनाएको छ। 

नेपाली साहित्यमा आयामेली आन्दोलनका एक हस्ती, वरिष्ठ कवि एवं मुन्धुम दर्शनका आधिकारिक व्याख्याता काइँलाको स्वास्थ्योवस्था बुझ्न प्रतिष्ठानका सदस्य सचिव प्रा.जगत्प्रसाद उपाध्याय, प्राज्ञ परिषद्का सदस्य एवं साहित्य (पद्य/काव्य) विभाग प्रा.डा.हेमनाथ पौडेललगायत अस्पताल पुगेका थिए। 

Hardik ivf

शरीरको दायाँ भाग शुरुमा चल्न नसकेको र बोली राम्ररी खुल्न नसकेको अवस्थाबाट काइँलाको स्वास्थ्यमा क्रमिकरूपमा सुधार आई सामान्यतः शरीर र हात चल्न थालेको तथा बोली पनि प्रस्ट निस्कन थालेको सदस्यसचिव उपाध्यायले बताए।

यसअघि काइँला आईसियुमा रहँदा कुलपति गङ्गाप्रसाद उप्रेती र सदस्यसचिव उपाध्यायले अस्पताल पुगी काइँलाकी छोरी नामोती नेम्बाङ, उपचारमा संलग्न चिकित्सक तथा नर्सहरूबाट स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। 

प्रकाशित मिति: ०६:३५ बजे, बिहीबार, असार १७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्