Kathmandu Press

चट्याङ लागेर महोत्तरीमा दुईजनाको मृत्यु

महोत्तरी, असार १४ : वर्षासँगै परेको चट्याङ लागेर धनुषाको मनरासिस्वा नगरपालिकामा दुई जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा मनरासिस्वा-४ साढा गाउँका प्रेमशिला देवी र...
चट्याङ लागेर महोत्तरीमा दुईजनाको मृत्यु

महोत्तरी, असार १४ : वर्षासँगै परेको चट्याङ लागेर धनुषाको मनरासिस्वा नगरपालिकामा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मनरासिस्वा-४ साढा गाउँका प्रेमशिला देवी र वडा ५ कटैया गाउँका विशेश्वर राय छन् ।  

जिल्ला प्रहरी कार्यालयक महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार ५० वर्षीया देवीको घरनजिकै खेतमा राखिएको धानको बीउमा मल राखिरहँदा मृत्यु भएको हाे।

त्यस्तै ८० वर्षीय रायको गाउँ नजिक भैसी चराउँदै गरेका अवस्थामा आज (सोमबार) बिहान परेको चट्याङ लागेर घटनास्थलमा नै मृत्यु भएको थियो। 

प्रकाशित मिति: १७:४५ बजे, सोमबार, असार १४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्