Kathmandu Press

बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ डोल्पामा छायांकन

डोल्पा, असार ९ : बहुपति प्रथामा आधारित नेपालकै पहिलो चलचित्र ‘टुल्की’को छायाङ्कन गरिएको छ। द पाल्म ग्रुप प्रालिद्वारा निर्माण गर्न लागिएको उक्त चलचित्र जिल्लाको फोक्सुण्डो,...
बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ डोल्पामा छायांकन

डोल्पा, असार ९ : बहुपति प्रथामा आधारित नेपालकै पहिलो चलचित्र ‘टुल्की’को छायाङ्कन गरिएको छ। द पाल्म ग्रुप प्रालिद्वारा निर्माण गर्न लागिएको उक्त चलचित्र जिल्लाको फोक्सुण्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडालगायत विकट गाउँबस्तीमा पुगेर छायाङ्कन गरिएको हो।

डोल्पा, हुम्ला, मुगु, मुस्ताङलगायत हिमाली जिल्लामा कुप्रथाका रुपमा अझै पनि कायमै रहेको बहुपति प्रथालाई टुल्कीमार्फत देखाइएको निर्माता शेखर लामाले जानकारी दिए। ‘नेपालमा अहिलेसम्म बहुपति प्रथामा आधारित कुनै पनि चलचित्र बनेको छैन, टुल्की पहिलो चलचित्र हो, निकै जोखिम मोलोर खिचिएको यस चलचित्रका लागि झण्डै चार वर्ष अनुसन्धान नै गरे,’ निर्माता लामाले भने।

Hardik ivf

बहुपति प्रथामा घरका कुनै एक भाइले बिहे गरेपछि अन्य दाजुभाइले बिहे गर्नु पर्दैन । जुन भाइले पहिला बिहे गरे तिनै भाइकी श्रीमतीसँग सबैले सामूहिक सन्तान जन्माउनेदेखि रात बिताउन पाउने प्रचलन छ।

चलचित्रमा डोल्पाको तल्लो क्षेत्रमा पर्ने एक फरक समुदायमा हुर्केकी केटी प्रेम विवाह गरेर जान्छिन् र त्यहाँ गइसकेपछि उनले प्रथाका नाममा भोग्नुपरेको सामूहिक बलात्कारको दुखान्त कथावस्तुलाई उजागर गरिएको लामाको भनाइ छ।

चलचित्रमा बहुपति प्रथामा मात्र सीमित नभई पश्चिम नेपालमा कुप्रथाका रुपमा व्याप्त छाउपडी प्रथालाई पनि उजागर गर्न खोजिएको निर्माण पक्षको भनाइ छ।

छायाङ्कन गर्नका लागि मात्रै तीन महिना समय लाग्नाका साथै चलचित्र तयारी हुँदासम्म करीब रु एक करोड खर्च अनुमान गरिएको अर्का निर्माता आरपी कर्माचार्यले बताए।

निर्माता कर्माचार्यका अनुसार अहिलेसम्म बनाइएका अन्य चलचित्रभन्दा फरक प्रकृतिको चलचित्र भएको जनाउँदै अबका दुई महिनापछि नै चलचित्र निर्माणकार्य सम्पन्न हुनेछ । चलचित्र छायाङ्कन सुशील अधिकारीले गरेका छन्  भने निर्देशन देवजङ्ग थापाले गरेका हुन् ।

चलचित्रमा प्रोडक्शन म्यानेजर भएर कलाकार लक्ष्मण देवकोटाले काम गरेका छन्। चलचित्रमा वरिष्ठ कलाकार शिशिर वाङ्देल, सोम लामा, स्वस्तिमा कार्की, सौजन सुब्बा, नरेन्द्र तामाङ, सोफिया लिम्बू, दीर्घ लामा, महेश लिम्बू, रत्नप्रसाद न्यौपाने लगायतको कलाकारको अभिनय रहेको छ।
 

प्रकाशित मिति: १५:०८ बजे, बुधबार, असार ९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्