Kathmandu Press

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

काठमाडौं, असार ४ : गण्डकी प्रदेशमा गत २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा विनोदबिन्दु शर्माका...
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

काठमाडौं, असार ४ : गण्डकी प्रदेशमा गत २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा विनोदबिन्दु शर्माका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ११ जनाको मृत्यु भएको हो।  कास्कीमा ४, म्याग्दी ३, बाग्लुङ १, तनहुँ १, गोरखामा १ र नवलपुरमा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको उनले जानकारी दिए।

Hardik ivf

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८७६ पुगेको छ। सोही अवधिमा १ हजार १२४ जनाको नमुना परीक्षण गराउँदा थप १८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५१ हजार ९५२ पुगेको छ। प्रदेशमा पछिल्लो २४ घण्टामा ५१३ जना जना कोरोना संक्रमणमुक्त भएका छन्। 

प्रकाशित मिति: २०:२९ बजे, शुक्रबार, असार ४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्