नेपाल, देउवा र प्रचण्डबीच कोटेश्वरमा भेटवार्ता

काठमाडौं, जेठ ३१ : नेकपा एमालेका नेता माधवकुमार नेपाललाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उनको निवास कोटेश्वर पुगेका छन्।

उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको स्रोतले बताईएको छ ।

यसअघि महामन्त्री पूर्णबहादुर खड्कालाई साथै लिएर देउवा नेपाल निवास पुगेका थिए। त्यसको केहीबेरमै प्रचण्ड पनि पुगेका हुन्।

 Published Date: Monday, 14th June 2021 7:31:00 pm