Kathmandu Press

प्रदेशसभा कार्य सञ्चालन नियमावली संशोधनका लागि मस्यौदा समिति

जनकपुरधाम, जेठ ३१ : प्रदेश २ को प्रदेशसभा कार्य सञ्चालन नियमावली संशोधन गर्न पाँच सदस्यीय मस्यौदा समिति गठन गरिएको छ। प्रदेशसभा कार्य सञ्चालन...
प्रदेशसभा कार्य सञ्चालन नियमावली संशोधनका लागि मस्यौदा समिति

जनकपुरधाम, जेठ ३१ : प्रदेश २ को प्रदेशसभा कार्य सञ्चालन नियमावली संशोधन गर्न पाँच सदस्यीय मस्यौदा समिति गठन गरिएको छ। प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम २२३ बमोजिम संशोधन मस्यौदा समिति गठन गरिएको हो। 

सोमबारको प्रदेशसभा बैठकले जनता समाजवादी पार्टीका तर्फबाट रामाशिष यादव र कांग्रेसबाट शिवचन्द्र चौधरी, एमालेबाट सुन्दरबहादुर विश्वकर्मा, माओवादी केन्द्रबाट रामकुमार यादव तथा नेपाल संघीय समाजवादी पार्टीबाट सावित्रीदेवी साहलाई राखेर उक्त समसत बनाएको हो।

Hardik ivf

समितिमा समेटिएका सांसदमध्येबाट एकजनालाई सभापति चयन गरिनेछ। समितिले प्रदेश सरकारको मन्त्रालय परिवर्तन भएअनुसार विषयगत समितिहरुको कार्यक्षेत्र निर्धारण गर्नेछ।

त्यस्तै प्रदेशसभालाई सूचनामैत्री बनाउन, प्रदेशसभा तथा सचिवालयलाई व्यवस्थित तथा अझै प्रभावकारी बनाउने किसिमले प्रदेशसभा कार्य सञ्चालन नियमावली संशोधन गर्नेछ। समितिलाई १५ दिनभित्र काम गरिसक्न भनिएको छ।

प्रकाशित मिति: १८:०९ बजे, सोमबार, जेठ ३१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्