Kathmandu Press

पञ्चकन्या गा.पा.अध्यक्ष तामाङलाई कारवाही गर्न अनलाइन पत्रकार संघको माग 

काठमाडौं, जेठ २९ : प्रकाशित समाचारको विषयलाई लिएर नुवाकोटको पञ्चकन्या गाउँकालिकाका अध्यक्ष तेजबहादुर तामाङले समाचार प्रकाशन प्रसारण गर्ने संचारमाध्यम र कार्यरत पत्रकारलाई दिएको...
पञ्चकन्या गा.पा.अध्यक्ष तामाङलाई कारवाही गर्न अनलाइन पत्रकार संघको माग 

काठमाडौं, जेठ २९ : प्रकाशित समाचारको विषयलाई लिएर नुवाकोटको पञ्चकन्या गाउँकालिकाका अध्यक्ष तेजबहादुर तामाङले समाचार प्रकाशन प्रसारण गर्ने संचारमाध्यम र कार्यरत पत्रकारलाई दिएको धम्कीप्रति अनलाइन पत्रकार संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघमा अध्यक्ष शिवप्रसाद सत्यालले आज एक बिज्ञप्ति जारी गर्दै प्रकाशित समाचारको विषयमा चित्त नबुझे वा गुनासो रहे त्यसको न्यायिक निरुण गर्ने प्रक्रियागत तथा कानुनी उपचार हुँदाहुँदै गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले  ‘जुनसुकै तबरले उपचार खोज्ने’ भनी धम्की दिएको भन्दै अध्यक्ष तामाङमाथि कारबाही गरी स्वतन्त्र पत्रकारिता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, कानुनी राज र विधिको शासन स्थापित गर्न तथा पत्रकारको भौतिक सुरक्षाप्रति संवेदनशील रहन हामी संघीय सरकारको ध्यानाकर्षण गराएको हो ।

Hardik ivf

यस्तै संघले अध्यक्ष तामाङमाथि कारबाही गरी स्वतन्त्र पत्रकारिता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, कानुनी राज र विधिको शासन स्थापित गर्न तथा पत्रकारको भौतिक सुरक्षाप्रति संवेदनशील रहन पनि माग गरेको छ । गत जेष्ठ २६ गते पालिकाखबर डटकम र दैनिकी डटकममा सो गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्न बैंकबाट झिकेर ल्याएको ५० लाख रुपैयाँ र वडा नं २ सँग रहेको ३ लाख रुपैयाँ गरी जम्मा ५३ लाख रुपैयाँ नुवाकोटको पञ्चकन्या गाउँपालिकाको वडा नं. २ बाट हराएको सम्बन्धी समाचार प्रकाशन प्रसारण भएको थियो ।

यसरी रकम चोरी भएको सन्दर्भमा सम्बन्धित पालिकाका अध्यक्ष र प्रमुख पशासकीय अधिकृतसँग ती अनलाइन संचारमाध्यमले आवश्यक कुरा गरी उनीहरुको भनाई पनि समावेश गरी समाचार सम्प्रेषण गरेका थिए ।

तर, आफ्नो पालिकाबाट रकम हराएपछि सो सम्बन्धी समाचार प्रकाशन प्रशारण गरेकै कारण गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले सचारमाध्यम र पत्रकारलाई धम्कीपूर्ण प्रेस वक्तब्य निकालेका थिए । 

प्रकाशित मिति: १९:१८ बजे, शनिबार, जेठ २९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्