पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु

कपिलवस्तु, जेठ २९  : कपिलवस्तुको बुद्धभूमि नगरपालिका-२ गोरुसिंगे जंगलस्थित सडकमा पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएके छ।

लु१च ५७२८ नम्बरको पिकअपले लु५९प ३०४६ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक बुद्धभूमि-५ कटिहवा बस्ने २६ वर्षीय विजयकुमार यादवसहित दुईजनाको मृत्यु भएको जनाइएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 Published Date: Saturday, 12th June 2021 4:57:00 pm