Kathmandu Press

राम्रा कार्यक्रमलाई निरन्तरता दिँदै नयाँ कार्यक्रम ल्याउँछु : सञ्चारमन्त्री थापा

काठमाडौं, जेठ २८ : सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले मन्त्रालयको लक्ष्य तथा योजना सफल पार्नेगरी आफ्नो ध्यान केन्द्रीत गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएका...
राम्रा कार्यक्रमलाई निरन्तरता दिँदै नयाँ कार्यक्रम ल्याउँछु : सञ्चारमन्त्री थापा

काठमाडौं, जेठ २८ : सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले मन्त्रालयको लक्ष्य तथा योजना सफल पार्नेगरी आफ्नो ध्यान केन्द्रीत गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएका छन् ।

मन्त्रालयका महाशाखा तथा शाखा प्रमुखसँग आज सम्पन्न छलफलमा उनले नयाँबजेटमा घोषणा भएअनुरुप मन्त्रालयका कार्यक्रमलाई प्रभावकारी ढङ्गले सम्पादन हुने गरी कार्ययोजना बनाउनुपर्छ भनिन् । कर्मचारीलाई परिणाम आउने गरी कार्य सम्पादन गर्न निर्देशन दिँदै उनले भनिन्, “कति ध्यान दिएर काम गरे भन्ने आफूलाई थाहा हुन्छ ।

Hardik ivf

आफ्नो कामबाट सबै भन्दा पहिले आफू सन्तुष्ट हुने गरी काम गर्नुहोस् ।” मन्त्री थापाले पहिलेको राम्रा कार्यक्रमलाई निरन्तरता दिने तथा केही नयाँ कार्यक्रमहरु ल्याउने गरी आफूले गृहकार्य गरिरहेको जानकारी दिए । अहिलेको युग सूचनाप्रविधिको युग भएको जनाउँदै उनले सोहीअनुरुप नेपालले यस क्षेत्रमा फड्को मार्न आवश्यक रहेकामा जोड दिए ।

मन्त्रालयका सचिव हरिप्रसाद बस्याल, महाशाखाका प्रमुख लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा मन्त्रालयले सम्पादन गरिरहेका काम  तथा आगामी कार्यक्रम सम्बन्धी विस्तृत प्रस्तुतीकरण गरिएको थियो  । 

प्रकाशित मिति: २०:४३ बजे, शुक्रबार, जेठ २८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्