Kathmandu Press

पतञ्जलि योगपीठका नेपाल प्रमुख सिंहसँग ३५ लाख धरौटी माग

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासमा भएको बयानपछि सिंहसँग ३५ लाख रूपैयाँ नै धरौटी मागिएको हो। 
पतञ्जलि योगपीठका नेपाल प्रमुख सिंहसँग ३५ लाख धरौटी माग

काठमाडौं, साउन १८ : विशेष अदालतलेले भ्रष्टाचार मुद्दा चलाइएका पतञ्जलि योगपीठका नेपाल प्रमुख शालिग्राम सिंहसँग ३५ लाख रूपैयाँ धरौटी मागेको छ।

सिंह पतञ्जलि भ्रष्टाचार प्रकरणमा आइतबारै विशेष अदालतमा उपस्थित भएका थिए। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासमा भएको बयानपछि सिंहसँग ३५ लाख रूपैयाँ नै धरौटी मागिएको हो। 

विशेष अदालतले यसअघि सोही मुद्दामा पूर्वप्रधानमन्त्री माधव नेपालसँग पनि ३५ लाख रुपैयाँ धरौटी रकम माग गरेको थियो। 

नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलि योगपीठलाई हदबन्दीभन्दा बढीको जग्गा राख्न छुट दिने निर्णय गरेको भन्दै अख्तियारले अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

प्रकाशित मिति: १९:३६ बजे, आइतबार, साउन १८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्