आरम्भ स्काउट ट्रूपले गर्यो ‘एक्टिभिटी क्याम्प’ [तस्बिरहरू]
बालबालिकालाई नेतृत्व विकास, सिप, अनुशासन, समूहिक भावना विकास गराउने उद्देश्यसहित क्याम्प आयोजना गरिएको विद्यालयका सञ्चालक हरि रायमाझीले जानकारी दिए।![आरम्भ स्काउट ट्रूपले गर्यो ‘एक्टिभिटी क्याम्प’ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/cover-1754227754.jpg)
सुनसरी, साउन १८ : आरम्भ स्काउट ट्रुपले दुई दिने ‘एक्टिभिटी क्याम्प’को आयोजना गरेको छ।
रामधुनी नगरपालिका–५मा रहेको आरम्भ विद्या मन्दिर स्कुलको ट्रुपले गरेको यो क्याम्प स्कुल परिसरमै शुक्रबार र शनिबार आयोजना गरिएको थियो।
आरम्भ ट्रुपमा आबद्ध ९६ बालबालिका सहभागी भएको क्याम्पमा १७ वटा विभिन्न रमाइला तथा साहसिक खेलहरू खेलाइनुका साथै आगोबाट सुरक्षित हुने उपायलगायत क्याम्प फायर पनि गरिएको थियो।
बालबालिकालाई नेतृत्व विकास, सिप, अनुशासन, समूहिक भावना विकास गराउने उद्देश्यसहित क्याम्प आयोजना गरिएको विद्यालयका सञ्चालक हरि रायमाझीले जानकारी दिए।

क्याम्पको सुभारम्भ कार्यक्रममा रामधुनी नगरपालिकाकी उपप्रमुख तारा थापा पनि सहभागी भएकी थिइन्। कार्यक्रमलाई सम्बोन गर्दै उनले स्काउटसम्बन्धी यस्ता गतिविधिले बालबालिकामा सकारात्मक सोच, आत्मबल र सेवा भावना विकास हुने बताइन्।




























