सत्ता सञ्चालकहरु फासिजमतिर उन्मुख छन् : विप्लव
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेपाली कम्युनिस्ट आन्दोलनको सिद्धान्तनिष्ठ पुनर्गठनबिना क्रान्ति सम्भव नभएको बताए।
काठमाडौं, साउन १८ : नेकपाका महासचिव विप्लवले समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक भएको बताए।
आइतबार काठमाडौमा आयोजित दुई पुस्तक सार्वजनिकीकरण कार्यक्रममा विप्लवले नेपाली समाज राजनीतिक वहसबाट विमुख भइरहेको सन्दर्भमा यी दुई पुस्तकले सिद्धान्तनिष्ठ बहसको उठान गरेको समेत ठोकुवा गरे।
विप्लवले कृष्णहरि भट्टको ‘कम्युनिस्ट जनवाद’ र खेम थपलियाको ‘कम्युनिस्ट समाजवाद’ पुस्तकहरु गहन अध्ययनका साथ आएको बताउँदै उक्त पुस्तक खासगरी युवालगायत यो आन्दोलनमा रहेकाहरुले अनिवार्य पढ्नुपर्ने बताए। विप्लवले वर्तमान सत्ताको बारेमा टिप्पणी गर्दै वर्तमान सत्ता र यसका सञ्चालकहरु फासिजमतिर उन्मुख भएको आरोप लगाए।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेपाली कम्युनिस्ट आन्दोलनको सिद्धान्तनिष्ठ पुनर्गठनबिना क्रान्ति सम्भव नभएको बताए।
कट्टेलले सार्वजनिकीकरण गरिएका दुई पुस्तकले त्यसमा पनि कम्युनिस्ट जनवादले नेपाली क्रान्तिको आधार पक्रेको बताए।
उनले कम्युनिस्ट समाजवाद र कम्युनिस्ट जनवाद एक आपसका विरोधी बिचार नभएको, कम्युनिस्ट क्रान्तिबाट नै कम्युनिस्ट समाजवादमा पुगिने मार्गचित्र स्पष्ट रहेको तथ्यमा जोड दिए।
कम्युनिस्ट जनवाद पुस्तकका लेखक भट्टले उत्पादन प्रणाली परिवर्तनबिना व्यवस्था परिवर्तन नहुने बताएका छन्।
‘नेपालमा आजसम्म भएको परिवर्तनले उत्पादन प्रणाली बदल्न नसक्नु र राजनीतिक सम्बन्ध मात्रै बदलिएकाले हरेक संघर्ष मात्रात्मक परिवर्तनमा गएर टुङ्गीयो र गुणमा परिवर्तन गर्न सकेन, जसका कारण समाजमा दिशाहिनता र विकृति मौलायो,’ उनले भने।



-1765194974.jpg)





-1765194974.jpg)


