Kathmandu Press

प्रदेश १ मा आजदेखि नीति तथा कार्यक्रममाथि सैद्धान्तिक छलफल सुरु

विराटनगर, जेठ २८ : प्रदेश नं १ सरकारको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममाथि आजदेखि सैद्धान्तिक छलफल सुरु भएको छ।प्रदेश सभाको आठौँ तथा...
प्रदेश १ मा आजदेखि नीति तथा कार्यक्रममाथि सैद्धान्तिक छलफल सुरु

विराटनगर, जेठ २८ : प्रदेश नं १ सरकारको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममाथि आजदेखि सैद्धान्तिक छलफल सुरु भएको छ।

प्रदेश सभाको आठौँ तथा बजेट अधिवेशनको आजको बैठकमा प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिसैद्धान्तिक छलफल सुरु भएको हो।

Hardik ivf

प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’ले सरकारको नीति तथा कार्यक्रम बिहीबार प्रदेश सभामा प्रस्तुत गरका थिए। मुख्यमन्त्री शेरधन राईले बिहीबार नै सभामा सरकारको वार्षिक नीति तथा कार्यक्रम टेबल गरेका थिए।

प्रदेश सभाको बैठकमा आजदेखि शुरु भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सदस्यहरु उमीता विश्वकर्मा, केदार कार्की, धीरेन्द्र शर्मा, प्रतापप्रकाश हाङ्गाम, रामकुमार राई, शिवनारायण गनगाँई, शेखरचन्द्र थापा, सञ्जाकुमारी दनुवार र सूयर्माराज राईले सरकारको नीति तथा कार्यक्रम जनता र जनप्रतिनिधिलाई ढाँट्ने दस्तावेज भएको बताए । 

उनीहरुले प्रदेश सभा गठन भएको समयमा प्रदेशको आर्थिक वृद्धि दर सात दशमलव चार, त्यसपछि छ दलमलव छ र अहिले तीन दशमलव चार भएपछि कसरी प्रदेश समृद्ध हुन्छ भनी प्रश्न गरे । आकर्षक नारा राख्ने र त्यसलाई पूरा गर्न बजेटको व्यवस्था नहुँदा समस्या देखिएको उनीहरुको भनाइ छ। 

उनीहरुले नीति तथा कार्यक्रममा कमिलादेखि हात्तीसम्मको गफ रहेको तर त्यसको पूरा गर्ने खासै योजना र बजेट नदेखिएकाले सरकार यर्थाथपरक बजेट ल्याउनुपर्ने सुझाव दिदैं सरकार सत्य र तथ्यको आधारमा बजेट ल्याउनुपर्नेमा जोड दिए। 

अर्का सदस्य विमल कार्कीले सरकारले ल्याएको नीति तथा कार्यक्रम सही छ भन्दै सोच र योजना नबनाई विकासमा फड्को मार्न नसकिने भने । उनले विगतमा गैर बजेटरी खर्चले वास्तविक योजनाहरु धरापमा परेकाले अव उप्रान्त कार्यक्रम र योजना बाहेकमा खर्च नगर्न सरकारको ध्यानाकर्षण गराए। 

प्रदेश सभाको अर्को बैठक भोलि शनिबार बिहान ११ः३० मा बस्ने छ ।
 

प्रकाशित मिति: १६:०७ बजे, शुक्रबार, जेठ २८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्