Kathmandu Press

अनुपम खेरले भने : ३६ घन्टामा मेरा ८० हजार फलोअर्स घटे

काठमाडौं, जेठ २८ : बलिउडका चर्चित अभिनेता अनुपम खेरले ट्विटरमा ३६ घण्टाको अन्तरालमा आफ्ना ८० हजार फलोअर्स घटेको बताएका छन्।सामाजिक सञ्जालहरूमा एकदमै सक्रिय...
अनुपम खेरले भने : ३६ घन्टामा मेरा ८० हजार फलोअर्स घटे

काठमाडौं, जेठ २८ : बलिउडका चर्चित अभिनेता अनुपम खेरले ट्विटरमा ३६ घण्टाको अन्तरालमा आफ्ना ८० हजार फलोअर्स घटेको बताएका छन्।

सामाजिक सञ्जालहरूमा एकदमै सक्रिय रहने उनले ट्विट गरेरै ट्विटर र ट्विटर इन्डियालाई सम्बोधन गर्दै यो जानकारी दिएका हुन्।

Hardik ivf

‘डियर ट्विटर र ट्वीटर इन्डिया ! पछिल्लो ३६ घण्टामा मेरा ८० हजार फलोअर्स घटे। के यो तपाईंको एप्लिकेशनमा कुनै खराबीका कारण भएको हो वा अरु केही नै हो ? यो मेरो विचार मात्रै हो कुनै असन्तुष्टि होइन।’

ट्विटरमा उनका फलोअर्सको संख्या १८.७ मिलियन छ। उनको सो ट्विटमा धेरैले प्रतिक्रिया पनि दिएका छन्।

उनी सामाजिक सञ्जालमा भिडियो, फोटो आदि सेयर आदि गर्ने मात्र नभई आफ्ना प्रशंसकसँग कुराकानी पनि गरिरहन्छन्।

प्रकाशित मिति: १३:४८ बजे, शुक्रबार, जेठ २८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्