Kathmandu Press

अक्षराकाे आयोजनामा विद्यालयस्तरीय राष्ट्रिय नाटक उत्सव सुरू

महाेत्सवमा ‘थिएटर इन एजुकेसन कार्यक्रम’अन्तर्गत नाट्य विधा अध्ययन गराउने देशभरका गरी विभिन्न १७ वटा स्कुलका १७ वटा नाटक मञ्चन हुनेछन्। 
अक्षराकाे आयोजनामा विद्यालयस्तरीय राष्ट्रिय नाटक उत्सव सुरू

काठमाडौंं, भदाै २ : अक्षरा स्कुलकाे आयोजना र लालाबालाकाे सहकार्यमा काठमाडौँको पिङ्गलास्थानस्थित ‘स्टुडियो थिएटर’मा विद्यालयस्तरीय पाँच दिने दोस्रो राष्ट्रिय नाटक महाेत्सव सुरू भएकाे छ।

कवि तथा अभिनेता विजय बरालकाे प्रमुख आतिथ्यमा साेमबार उद्घाटन भएकाे महाेत्सव भदाै ६ गतेसम्म चल्ने आयाेजक स्कुल अक्षराले जनाएकाे छ। 

महाेत्सवमा ‘थिएटर इन एजुकेसन कार्यक्रम’अन्तर्गत नाट्य विधा अध्ययन गराउने देशभरका गरी विभिन्न १७ वटा स्कुलका १७ वटा नाटक मञ्चन हुनेछन्। 

Hardik ivf

साेमबार पहिलाे दिन रामबाबु रेग्मीको लेखन तथा निर्देशनमा भ्याली भ्यु स्कुलका विद्यार्थीले ‘इच्छा भर्सेस समय’ नाटक प्रस्तुत गरेका छन्। त्यस्तै साेमबारै ग्ल्याडस्टोन एकेडेमीकाे ‘गीता’ र आकाशगंगा इन्टरनेसनल एकेडेमीकाे ‘बैमानी काल’ नाटक पनि मञ्चन गरिएकाे छ। 

महाेत्सवकाे दाेस्राे दिन ३ गते मंगलबार आयोजक स्कुल अक्षराले टंक चौलागाईंको ‘मोक्षको मार्ग’, काष्ठमण्डप विद्यालयले चन्दा खनालको ‘The internet is a Distract -Oh look , a kitten!’ र क्रिएटिभ एकेडेमी स्कुलले निर्मल साउदको ‘सपनासँगको शून्यता’ नाटक प्रस्तुत गर्ने बताइएकाे छ। 

ak-1755533794.jpg
 

आयाेजकका अनुसार भदाै ४ गते रोजबड स्कुलले शिवराम अर्यालको ‘परदेशको स्कुल’ कान्जिरोवा राष्ट्रिय माध्यमिक विद्यालयले प्रतीक दुलाल निर्देशित ‘दुःखी राजकुमारी’ र द जोय हाउस कलेक्टिव स्कुलले बंसरी पाण्डेको ‘द जोय माछाको रंगीन सपना’ नाटक प्रस्तुत गर्नेछन्। 

त्यस्तै भदाै ५ गते ग्लोबल पब्लिक स्कुलकाे मञ्जु गिरी निर्देशित ‘द टेल अफ इन्द्रजात्रा’, निस्ट स्कुलकाे पुष्पराज अवस्थीद्वारा निर्देशित ‘पार्वती’ र हिमालयन ह्वाइट हाउस स्कुलले ‘The Greek Mythology OlymPiaganza’ र टाइम्स इलिमेन्ट्रि स्कुलकाे प्रतीक दुलालद्वारा लिखित तथा सुरज तमूद्वारा निर्देशित ‘दुःखी राजकुमारी’ मञ्चन हुनेछन् भने भदाै ६ गते लिटिल एन्जल्स स्कुलले दीपा बस्नेत निर्देशित ‘भिरमा फुलेका फूल’, पवन प्रकृति स्कुलले प्रकाश दाहालको ‘पिता…??’, पिक प्वाइन्ट एडुकेसन नेटवर्कले राम केसी निर्देशित ‘यशस्वी भवः’ र काठमाडाैँ प्रज्ञा कुञ्ज स्कुलले टंक चौलागाईंकाे ‘समीर नाचेकाे दिन’ नाटक प्रस्तुत गर्नेछन्।

पछिल्लो समय निजी विद्यालयले नाट्य विधालाई प्राथमिकता दिँदै आएका छन्। अक्षरा स्कुलले पनि आफ्नो स्थापना कालदेखि नै नाट्य विधालाई कक्षाकोठामा भित्र्याएर विद्यार्थीलाई अभिनयात्मक प्रस्तुति गराउँदै आएको छ। 

यसअघि अक्षरा स्कुलकै अभि थिएटरमा ‘अन्तर्राष्ट्रिय बालनाटक महोत्सव’ आयोजना गरिएको थियो। जसमा विभिन्न १२ देशका नाटक मञ्चन भएका थिए।

यसअघि भएको नाटक महोत्सवको पहिलो संस्करण लालाबालाले आयोजना गरेको थियो।

प्रकाशित मिति: २२:०२ बजे, सोमबार, भदौ २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्