राष्ट्रिय नाटक महाेत्सवमा आयाेजक अक्षराकाे प्रस्तुति
अक्षरा स्कुलकी संस्थापक निर्देशक अन्जु भट्टराईले विद्यार्थीलाई सिपमूलक र संस्कारयुक्त शिक्षाका साथै अभिनयात्मक प्रस्तुतिका लागि थिएटरलाई समावेश गरेर विद्यार्थीहरूलाई अभिनय कला सिकारहेकाे समेत जानकारी दिइन्।
काठमाडौं, भदाै ३ : दाेस्राे राष्ट्रिय नाटक महाेत्सवमा आयोजक अक्षरा स्कुल, काष्ठमण्डप विद्यालय र क्रिएटिभ एकेडेमी स्कुलले नाटक प्रस्तुत गरेका छन्।
अक्षरा स्कुलकै आयोजना र लालाबालाकाे सहकार्यमा भइरहेकाे नाटक महाेत्सवमा दाेस्राे दिन मंगलबार अक्षरा स्कुलले टंक चौलागाईं निर्देशित ‘मोक्षको मार्ग’, काष्ठमण्डप विद्यालयले चन्दा खनालको ‘The internet is a Distract-Oh look, a kitten!’ र क्रिएटिभ एकेडेमी स्कुलले निर्मल साउदको ‘सपनासँगको शून्यता’ नाटक प्रस्तुत गरेका हुन्।
काठमाडौ+को पिङ्गलास्थानस्थित ‘स्टुडियो थिएटर’मा भइरहेकाे महाेत्सव भदाै ६ गतेसम्म चल्नेछ। महाेत्सवमा ‘थिएटर इन एजुकेसन कार्यक्रम’अन्तर्गत नाट्य विधा अध्ययन गराउने देशभरका गरी विभिन्न १७ वटा स्कुलका १७ वटा नाटकसहित विद्यार्थीहरू सहभागी भइरहेका छन्।
महाेत्सवकाे पहिलाे दिन साेमबार रामबाबु रेग्मीको लेखन तथा निर्देशनमा भ्याली भ्यु स्कुलका विद्यार्थीले ‘इच्छा भर्सेस समय’ नाटक प्रस्तुत गरेका थिए भने ग्ल्याडस्टोन एकेडेमीकाे ‘गीता’ र आकाशगंगा इन्टरनेसनल एकेडेमीकाे ‘बैमानी काल’ नाटक पनि मञ्चन गरिएकाे छ।
आयोजक अक्षरा स्कुलकी संस्थापक निर्देशक अन्जु भट्टराईले यस्ता राष्ट्रिय स्तरका कार्यक्रमले विद्यार्थीमा थप हाैसला प्रदान गर्ने बताइन्।

‘महाेत्सवमा प्रस्तुत नाटकहरू केवल मनोरञ्जनका लागि मात्र नभएर सामाजिक जीवनका साथै राष्ट्रिय अन्तर्राष्ट्रिय विषयमा विद्यार्थीलाई सोच्न प्रेरित गर्ने उद्देश्यले तयार गरिएको हो। विद्यार्थीहरूले अभिनयमार्फत समाजका गहिरा सवालहरू उठाउन सकून् भन्ने हाम्रो चाहना हो,’ उनले भनिन्।
उनले विद्यार्थीलाई सिपमूलक र संस्कारयुक्त शिक्षाका साथै अभिनयात्मक प्रस्तुतिका लागि थिएटरलाई समावेश गरेर विद्यार्थीहरूलाई अभिनय कला सिकारहेकाे समेत जानकारी दिइन्।
विद्यार्थीमा नाट्यकला र शिक्षाको संयोजनमार्फत् आत्मविश्वास, सिर्जनशीलता, संवादकला र सामूहिक काम गर्ने क्षमता विकास हाेस् भन्ने उद्देश्यले दाेस्राे अन्तर्राष्ट्रिय महोत्सवकाे आयाेजना आफूले गरेको निर्देशक भट्टराईकाे भनाइ थियाे।
महाेत्सवमा बुधबार रोजबड स्कुलले शिवराम अर्यालको ‘परदेशको स्कुल’, कान्जिरोवा राष्ट्रिय माध्यमिक विद्यालयले प्रतीक दुलाल निर्देशित ‘दुःखी राजकुमारी’ र द जोय हाउस कलेक्टिव स्कुलले बंसरी पाण्डेको ‘द जोय माछाको रंगीन सपना’ नाटक प्रस्तुत गरिने छ।
त्यस्तै भदाै ५ गते ग्लोबल पब्लिक स्कुलकाे मञ्जु गिरी निर्देशित ‘द टेल अफ इन्द्रजात्रा’, निस्ट स्कुलकाे पुष्पराज अवस्थीद्वारा निर्देशित ‘पार्वती’ र हिमालयन ह्वाइट हाउस स्कुलले ‘The Greek Mythology OlymPiaganza’ र टाइम्स इलिमेन्ट्रि स्कुलकाे प्रतीक दुलालद्वारा लिखित तथा सुरज तमूद्वारा निर्देशित ‘दुःखी राजकुमारी’ मञ्चन हुनेछन् भने भदाै ६ गते लिटिल एन्जल्स स्कुलले दीपा बस्नेत निर्देशित ‘भिरमा फुलेका फूल’, पवन प्रकृति स्कुलले प्रकाश दाहालको ‘पिता…??’, पिक प्वाइन्ट एडुकेसन नेटवर्कले राम केसी निर्देशित ‘यशस्वी भवः’ र काठमाडाैँ प्रज्ञा कुञ्ज स्कुलले टंक चौलागाईंकाे ‘समीर नाचेकाे दिन’ नाटक प्रस्तुत गर्नेछन्।
पछिल्लो समय निजी विद्यालयले नाट्य विधालाई प्राथमिकता दिँदै आएका छन्। अक्षरा स्कुलले पनि आफ्नो स्थापना कालदेखि नै नाट्य विधालाई कक्षाकोठामा भित्र्याएर विद्यार्थीलाई अभिनयात्मक प्रस्तुति गराउँदै आएको छ।
यसअघि अक्षरा स्कुलकै अभि थिएटरमा ‘अन्तर्राष्ट्रिय बालनाटक महोत्सव’ आयोजना गरिएको थियो। जसमा विभिन्न बाह्र देशका नाटक मञ्चन भएका थिए।
-(56)-1764919423.jpg)




-(56)-1764919423.jpg)





