बढ्यो सुनचाँदीको मूल्य
काठमाडौं, जेठ २८ : सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ।आज (शुक्रबार) छापावाल सुनको भाउ ९४ हजार ५ सय रुपैयाँ कायम भएको...
काठमाडौं, जेठ २८ : सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ।
आज (शुक्रबार) छापावाल सुनको भाउ ९४ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी वयवसायी महासंघले जनाएको छ । बिहीबार उक्त सुन ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
आजका लागि तेजाबी सुनको भाउ ९४ हजार रुपैयाँ तोकिएको छ। बिहीबार तेजाबी सुन तोलको ९३ हजार ४ सय रुपैयाँमा थियो।
आज चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेको छ।
बिहीबार प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँका कारोबार भएको चाँदीको आजको मूल्य १ हजार ३ सय ७० रुपैयाँ तोकिएको छ।
प्रकाशित मिति: १३:०९ बजे, शुक्रबार, जेठ २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार