Kathmandu Press

मंगलबार ३ हजारमाथि पुगेको नप्से बुधबार दोहोरो अंकले घट्यो

कुल ३२७ स्टकको १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार ४०८ रुपैयाँको ३ करोड ६४ लाख १७ हजार ७४२ कित्ता शेयर कारोबार भएको छ।
मंगलबार ३ हजारमाथि पुगेको नप्से बुधबार दोहोरो अंकले घट्यो

काठमाडौं, साउन १४ : साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसुचक ४७.९३ अंकले घटेको छ । 

आज परिसुचक २९५४.१४ बिन्दुमा झरेर रोकिएको छ। अघिल्लो दिन नेप्से तीन हजार बिन्दु माथि उक्लीएको थियो। 

Hardik ivf

यससँगै कारोबार रकममा समेत गिरावट आएको छ। कुल ३२७ स्टकको १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार ४०८ रुपैयाँको ३ करोड ६४ लाख १७ हजार ७४२ कित्ता शेयर कारोबार भएको छ। १ लाख ४१ हजार ५२० पटकको कारोबारमा उक्त कारोबार भएको हो ।

आज सेन्सेटिभ इन्डेक्स १०.७५ अंकले घटेको छ। फ्लोट इण्डेक्स ३.६३ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने ३.७४ अंकले घटेको छ।

बुधबारसान्भी इनर्जी र ट्रेड टावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सान्भी इनर्जीको शेयर मूल्य यसदिन प्रतिकित्ता ७६.९० रुपैयाँले बढेर ८४५.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ। 

यसैगरी ट्रेड टावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ८६.२० रुपैयाँले वृद्धि भएर ९४८.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ। समता हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता ७७.४३ रुपैयाँले बढेर १२२६.२७ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने सिकलेस हाइड्रो पावरको शेयर मूल्य प्रतिकित्ता ४९.२५ रुपैयाँले बढेर १००३.९२ रुपैयाँमा अन्तिम कारोबार भएको हो।

बुधबार ग्रिन डेभ्लप्मेन्ट बैंकको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ। कम्पनीको शेयर मूल्य आज प्रतिकित्ता ८.०४ प्रतिशतले घटेर १२४७.६२ रुपैयाँमा अन्तिम कारोबार भएको छ। कालिका पावर कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६.०१ प्रतिशतले घटेर ६३०.४६ रुपैयाँमा अन्तिम कारोबार भएको छ। 

यस्तै, हिमालयन डिस्टिलरी लिमिटेड, हिमालयन रिइन्स्योरेन्स लिमिटेड, शिवम सिमेन्ट र ग्रिनभेन्र्चस लिमिटेड कम्पनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ।
 

प्रकाशित मिति: १६:१६ बजे, बुधबार, साउन १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्