कोरोना संक्रमित भएर अस्पताल भर्ना भएका गायक श्रेष्ठ डिस्चार्ज

काठमाडौं, जेठ २७ : कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका गायक दीप श्रेष्ठ डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमण भएपछि शरीरमा अक्सिजनको मात्र कम देखिएको कारण ह्याम्स अस्पताल भर्ना भएका श्रेष्ठ १६ दिनपछि आज डिस्चार्ज भएका हुन् । केही दिन घरमै आईसोलेसन बस्ने गरेर अस्पतालले श्रेष्ठलाई डिस्चार्ज गरेको हो ।

डिस्चार्ज अघि उनको पुनः कोरोना परीक्षण गरिएको भएपनि रिपोर्ट भने आउन भने बाँकी रहेको छ । बरिष्ठ गायक श्रेष्ठ गायन ‘द भ्वाइस अफ नेपाल’ का जर्ज पनि हुन् ।

 Published Date: Thursday, 10th June 2021 6:56:00 pm