Kathmandu Press

वरिष्ठ अधिवक्ता थापाले गरे अन्तरिम आदेश माग

वरिष्ठ अधिवक्ता शम्भु थापाले बहुमत सांसदले हस्ताक्षर बुझाएपछि राष्ट्रपतिले अस्वीकार गर्न नमिल्ने बताएका छन्।
वरिष्ठ अधिवक्ता थापाले गरे अन्तरिम आदेश माग

काठमाडौं, जेठ २६ :  वरिष्ठ अधिवक्ता शम्भु थापाले बहुमत सांसदले हस्ताक्षर बुझाएपछि राष्ट्रपतिले अस्वीकार गर्न नमिल्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा सुनुवाइ सुरु भएपछि बहसमा भाग लिँदै थापाले संविधानको धारा ७६ (५)ले राष्ट्रपतिलाई बहुमत सांसदको हस्ताक्षर गर्न अस्वीकार गर्ने अधिकार नदिएको तर्क गरे ।

Hardik ivf

‘राष्ट्रपतिले धारा ७६(५) अनुसारको प्रधानमन्त्री नियुक्तिका लागि शेरबहादुर देउवाको दाबी पुग्दैन भन्ने आधार के हो ?’ उनले प्रश्न गरे, ‘बहुमत हस्ताक्षर आउँदा आउँदै आधार पुग्दैन भन्ने आधार के हो ? आधार खोज्नु परे संसद जानुपर्दैन ?’

धारा ७६ (५) मा विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गरेपछि राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नैपर्ने बाध्यकारी व्यवस्था रहेको उनले बताए । ‘अदालतमा १४६ सांसदले हस्ताक्षर गरेर रिट दर्ता गर्नुले धारा ७६ (५) को प्रधानमन्त्रीमा देउवाले दाबी पुग्ने पुष्टि हुन्छ,’ उनले भने ।

प्रतिनिधिसभामा नपुगी विश्वास मत प्राप्त गर्न सक्छ या सक्दैन भनेर राष्ट्रपतिले भन्न नमिल्ने उनले बताए ।

‘पदमुक्त भएको प्रधानमन्त्री संसदमा नजाने, विश्वासको मत नलिने अनि राष्ट्रपतिकहाँ विश्वास छ भनेर जाने ? पदमुक्त भएको प्रधानमन्त्रीले भनेको विघटन मान्य हुँदैन । अन्तरिम आदेश दिनुपर्छ,’ उनले भने ।

प्रकाशित मिति: १३:०७ बजे, बुधबार, जेठ २६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्