Kathmandu Press

नेपाली कांग्रेस बागमती संसदीय बैठक बस्दै बस्दैनबसी स्थगित

मुख्यमन्त्री रहेका लामाले केही सांसदहरू हेटौँडा बाहिर रहेका कारण देखाएर बैठक मंगलबार बिहानसम्मका लागि सार्न आग्रह गरेका थिए।
नेपाली कांग्रेस बागमती संसदीय बैठक बस्दै बस्दैनबसी स्थगित

हेटौंडा, साउन १२ : बागमती प्रदेश सरकारका विवाद समाधानका लागि सोमबारका लागि आह्वान गरिएको नेपाली कांग्रेस संसदीय बैठक बस्दै नबसि स्थगित भएको छ। 

अर्को बैठक पुनः मंगलबार बिहान ११ बजेका लागि तय गरिएको छ। मुख्यमन्त्री रहेका लामाले केही सांसदहरू हेटौँडा बाहिर रहेका कारण देखाएर बैठक मंगलबार बिहानसम्मका लागि सार्न आग्रह गरेका थिए। 

Hardik ivf

कांग्रेसकै प्रदेशसभा सदस्य इन्द्र बानियाँ नेतृत्वको समूहले २१ जनाको हस्ताक्षरसहित मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिसकेको छ। 

कांग्रेसले बागमतीको विवाद मिलाउन पार्टी केन्द्रीय सदस्य एवम् सांसद राजन केसीलाई खटाए पनि दुवै पक्षलाई एकसाथ राखेर छलफल गराउन सकेका छैनन्। 

सरकारमा रहेका चारजना मन्त्रीले समेत पदबाट राजीनामा दिएर अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन्। 

प्रकाशित मिति: १८:३८ बजे, सोमबार, साउन १२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्