Kathmandu Press

न्याय सेवाका सचिवदेखि अधिकृतसम्म १६९ जानको सरुवा  

सरुवा हुनेमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव खेमराज ज्ञवालीलाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा गरेको छ। 
न्याय सेवाका सचिवदेखि अधिकृतसम्म १६९ जानको सरुवा  

काठमाडौं, साउन १२ : न्याय सेवा आयोगले न्याय सेवा समुहमा व्यापक सरुवाको निर्णय गरेको छ। 

आयोगको सोमबार बसेको बैठकको निर्णय अनुसार सचिवदेखि शाखा अधिकृतसम्म १६९ जनाको सरुवा गरिएको हो। सरुवा हुनेमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव खेमराज ज्ञवालीलाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा गरेको छ। 

उनीसहित न्याय समूहका ८४ जना उपसचिव, कानून समूहका ३ जना उपसचिव, न्याय सेवाका ६३ जना शाखा अधिकृत र कानून समूहका १९ जना अधिकृतको पनि सरुवा गरेको छ।

सरुवा हुनेमा ऋण असुली न्यायाधिकरणका स्रेस्तेदार देवेन्द्र ढकाल, धादिङ जिल्ला अदालतका स्रेस्तेदार माधव भण्डारी, चितवन जिल्ला अदालतका स्रेस्तेदार विष्णुप्रसाद आचार्य, नवलपुर जिल्ला अदालतका गम्भीर घिमिरे र काभ्रेपलान्चोक जिल्ला अदालतका कर्णबहादुर राईलाई सर्वोच्च अदालतमा सरुवा गरिएको छ। 

प्रधानन्यायाधीश प्रकासमानसिंह राउतको अध्यक्षतामा बसेको आयोग बैठकले सरुवाको निर्णय गरेको हो। 

सरुवा निर्णय अनुसार काठमाडौंमा रहेका अधिकाँस अधिकृतहरुलाई बाहिरी जिल्लामा पठाइएको छ।  

प्रकाशित मिति: १७:०४ बजे, सोमबार, साउन १२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्