मन्त्रालयका सेवाहरु एकद्वार प्रणाली र प्रविधिमैत्री बनाउने अभियानमा छौं : मन्त्री भण्डारी
उनले प्रविधिमैत्री सेवा प्रवाह गर्ने र सेवालाई पारदर्शी बनाउने भन्ने उद्देश्यका साथ श्रम मन्त्रालयले प्रवाह गर्ने सेवाहरुलाई एकद्वार प्रणालीबाट लिएर जाने भन्दै त्यसमा अहिलेको प्रविधिको प्रयोग पनि गर्ने बताए।-(4)-1753697507.jpg)
काठमाडौं, साउन १२ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले श्रम मन्त्रालयले प्रवाह गर्ने सेवाहरुलाई एकद्वार प्रणालीबाट लगेर प्रविधिमैत्री बनाउने बताएका छन्।
सोमबार काठमाडौंमा श्रम मन्त्रालयले गरेको श्रम संसार नागरिक एपको शुभारम्भ कार्यक्रममा उनले प्रविधिमैत्री सेवा प्रवाह गर्ने र सेवालाई पारदर्शी बनाउने भन्ने उद्देश्यका साथ श्रम मन्त्रालयले प्रवाह गर्ने सेवाहरुलाई एकद्वार प्रणालीबाट लिएर जाने भन्दै त्यसमा अहिलेको प्रविधिको प्रयोग पनि गर्ने बताए।
‘अहिले डिजिटल नेपालको अवधारणा अनुसार नेपालका सेवा प्रवाहहरुलाई अत्यन्तै प्रभावकारी बनाउने, पेपरलेस, फेसलेस हिसाबले अगाडि बढाउने र अहिलेको प्रविधिमैत्री सेवा प्रवाह गर्ने एवम सेवालाई पारदर्शि बनाउने भन्ने उद्देश्यका आधारमा काम गरिरहेका छौं,’ उनले भने, ‘मन्त्रालयले प्रवाह गर्ने जतिपनि सेवाहरु छन्, ती सेवाहरुलाई एकद्वार प्रणालीबाट लिएर जाने र त्यसमा अहिलेको प्रविधिको प्रयोग गर्ने भनेर अगाडि बढेको कुरा सबैलाई जानकारी नै छ।’
मन्त्री भण्डारीले नेपालको श्रम बजारको बारेमा एउटा विश्लेषणात्मक सूचनाको अभावले गर्दा मुलुकमा भएका रोजगारका सम्भावनाहरु नेपालीले प्रयोग गर्न नसक्ने र रोजगारीका लागि बाहिर जानुपर्ने अवस्था आएको पनि बताए।
‘नेपालको श्रम बजारको बारेमा एउटा विश्लेषणात्मक सूचनाको अभावले, नेपालमा रोजगारीको अवस्था कस्तो छ, केछ, नेपालको जनशक्ति कस्तो छ, उनीहरुको क्षमता के छ र हामीलाई चाहिने जनशक्ति कस्तो हो भन्ने बारेमा पनि व्यापक रुपमा छलफल हुन आवश्यक थियो। छलफल नभएको कारणले श्रमशक्तिको आवश्यकता एकातिर छ तर उनीहरु अर्कातिर छन् । यसले गर्दा रोजगारको लागि आवश्यकता भएको दक्ष जनशक्ति तयार गर्न सकेनौं,’ उनले भने, ‘तयार भएको जनशक्तिलाई रोजगारसँग जोड्न सकेनौं। यसले गर्दा मुलुकमा भएका रोजगारका सम्भावनाहरु नेपालीले प्रयोग गर्न नसक्ने र रोजगारीका लागि बाहिर जानुपर्ने अवस्था छ।’
अहिले वैदेशिक रोजगारमा जानुपर्ने जुन बाध्यता छ त्यो बाध्यतालाई घटाउदैँ लिएर जानुपर्ने भन्दै आउने १० वर्षभित्रमा बाध्यात्मक वैदेशिक रोजगारमा जानु पर्ने अवस्थाको अन्त्य गर्नुपर्ने उनको भनाइ छ।



-(7)-1765197040.jpg)





-(7)-1765197040.jpg)

-1765195794.jpg)
-1765195343.jpg)