Kathmandu Press

‘इकु’ सानोपर्दामा असार दाेस्राे साताबाट

काठमाडौं, जेठ २५ : बालबालिकादेखि बृद्धसम्म लोकप्रिय पात्र ‘इकु’ दर्शकले फेरि हेर्न पाउने भएका छन् । हाँस्यश्रृखला ‘इकुपिताङ’ मार्फत ‘इकु’लाई सानोपर्दामा देख्न पाउने...
‘इकु’ सानोपर्दामा असार दाेस्राे साताबाट

काठमाडौं, जेठ २५ : बालबालिकादेखि बृद्धसम्म लोकप्रिय पात्र ‘इकु’ दर्शकले फेरि हेर्न पाउने भएका छन् । हाँस्यश्रृखला ‘इकुपिताङ’ मार्फत ‘इकु’लाई सानोपर्दामा देख्न पाउने भएका हुन्।

‘इकु’को भुमिका निर्वाह गरेर चर्चित भएका कलाकार सुलेमान शंकर ‘इकु’ले श्रृखला ‘इकुपिताङ’ बनाएका हुन्। श्रृखलाको कथा, निर्देशक समेत सुलेमानकै रहेको छ। ‘इकु’को भुमिकामा पनि उनी आफैँ देखिनेछन्।

श्रृखलामा सुलेमानको अलवा श्याम राई, ज्याक गुरुङ, उत्तम केसी, राजु कमेडी, अमृता खनाल, आरती लामा, सचिन शर्मा, गणेश इशारा, मनिष खड्का, माया थामी, सिमरन भट्ट, सरोज ढकाल, मिलन शंकर, बालकलाकार कुसल लोहनी, दीपक थापामगर, सुमन मगरलगायतको अभिनय छ।

Hardik ivf

योगेश उपाध्यायको संगीत र विनय कार्कीको गीत श्रृखलामा समेटिएको छ।

ग्लोबल टिभी एचडी र एसएमएस फिल्मको निर्माण रहेको ‘इकुपिताङ’ ग्लोबल टिभी एचडिबाट आसारको दोस्रो साताबाट प्रसारण हुनेछ । राजु पौडेल र मदन महर्जनको छायाँकन र रविन बजगाईको सम्पादन रहेको छ।

दर्शकले रुचाएको ‘इकु’ को भूमिकामा फेरि टेलिभिजनको पर्दामा देखिन लाख्दा निकै खुसी लागेको सुलेमानले बताए । ‘फेरि एक पटक ‘इकु’ टेलिभिजनको पर्दामा हेर्न पाए हुन्थ्यो भनेर देश विदेशका कार्यक्रममा जाँदा दर्शकले सँधै भन्नुहुन्थ्यो’ सुलेमानले भने, ‘दर्शकको चाहना अनुसार नै ‘इकुपिताङ’ निर्माण भएको छ।’

‘पहिले बालबालिकालाई ‘इकु’ को बारेमा थाहा छ । तर अहिलेका बालबालिकालाई केही थाहा छैन’ सुलेमानले थपे ‘अहिलेको पुस्तामाझ पनि ‘इकु’ चरित्र जिवित राख्ने चाहना मेरो थियो । त्यसैले पनि ‘इकुपिताङ’ जन्मियो ।’ पहिले झै जंगली पात्रको रुपमा ‘इकु’लाई फरक ढंगले प्रस्तुत गरिने सुलेमानको भनाइ छ।

 

 

 

प्रकाशित मिति: १६:२१ बजे, मंगलबार, जेठ २५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्