Kathmandu Press

हवाई इन्धनको मूल्य घटेसँगै घटाइयो उडान भाडा

काठमाडौं, जेठ २४ : नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाएसँगै सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमले उडान भाडादर घटाएको छ ।इन्धनको...
हवाई इन्धनको मूल्य घटेसँगै घटाइयो उडान भाडा

काठमाडौं, जेठ २४ : नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाएसँगै सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमले उडान भाडादर घटाएको छ ।

इन्धनको मूल्य घटेसँगै सोमबारदेखि नै लागु हुने गरी कार्गो तथा चार्टर्ड उडानको भाडादर घटाइएको निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन्। उनका अनुसार निगमले वाइडबडी विमान (एयरबस ३३०) मा साबिकको मूल्यको तुलनामा १३ प्रतिशत र न्यारोबडी (एयरबस ३२०) जहाजमा १५ प्रतिशतले शुल्क घटाएको छ ।

Hardik ivf

नयाँ मूल्यअनुसार अब वाइडबडी जहाजको चार्टर्ड तथा कार्गो उडानको भाडादर प्रतिघण्टा अमेरिकी डलर १३ हजार ४६० कायम गरिएको छ। यसअघि उक्त जहाजको भाडादर १५ हजार ५२० डलर रहेको थियो । आयल निगमले वाइडबडी जहाजको भाडादरमा दुई हजार ६० डलर घटाएको हो ।

यसैगरी निगमसँग रहेको न्यारोबडी जहाजको भाडादर प्रतिघण्टा ६ हजार ५८० बनाइएको छ । यसअघि उक्त जहाजको भाडादर ७ हजार ७१० डलर रहेको थियो । निगमले उक्त जहाजको भाडादर एक हजार १३० डलरले घटाएको छ ।

महँगो हवाई इन्धनका कारणले नेपालको पर्यटन उद्योगमा परेको नकारात्मक प्रभाव तथा अन्तर्राष्ट्रियजगत्मा नेपालको प्रतिष्ठामा असर परेको भन्दै निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले हवाई इन्धनको शुल्क घटाउन आग्रह गर्दै आएका थिए।

नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य घटाएको हो। यसअघि अमेरिकी डलर ८९३ प्रतिकिलोलिटर रहेको अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिलिटर ७१५ कायम गरिएको छ। निगमले एकैपटक प्रतिकिलोलिटर अमेरिकी डलर १७८ ले मूल्य घटाएको हो।

प्रकाशित मिति: १५:२२ बजे, सोमबार, जेठ २४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्