Kathmandu Press

प्रताप र शान्तिश्रीले गीतमा उतारे टिकटकले निम्त्याएको घर कलह (भिडियो) 

काठमाडौं, जेठ २१ : पछिल्लो समयको सामाजिक सञ्जाल टिकटककै कारण घर झगडा भएको बिषयलाई चर्तित गायक प्रताप दास र गायिका शान्तिश्री परियारले ‘फुटेको भाँडो’...
प्रताप र शान्तिश्रीले गीतमा उतारे टिकटकले निम्त्याएको घर कलह (भिडियो) 
Hardik ivfHardik ivf

काठमाडौं, जेठ २१ : पछिल्लो समयको सामाजिक सञ्जाल टिकटककै कारण घर झगडा भएको बिषयलाई चर्तित गायक प्रताप दास र गायिका शान्तिश्री परियारले ‘फुटेको भाँडो’  बोलको गीत मार्फत रोचक तरिकाले प्रस्तुत गरेका छन् ।

चर्चित गायिका परियारको आफ्नै शब्द र सङ्गीतमा रहेको गीतको भिडियोको निर्देशन दिपेन्द्र तिमल्सिनाले गरेका छन् । अभिनयमा रङ्गमन्चका लोकप्रिय कलाकार बिजय बराललाई सुनिसा बजगाँइले साथ दिएकी छन् ।

पुराना कलाकार सुशील पोख्रेल न्यायाधीशको रोलमा छन् । बोल माया, गलबन्दी जस्ता गीतले लोकप्रियताको शिखरमा पुगेकी परियारका पछिल्लो समय चौका दाउ र हातैका पौजाले अहिले चर्चामा रहेका छन् ।

नेपाल आइडल मार्फत लोकप्रियता चुलिएका गायक प्रतापका फोटो फिरिममा २, बांसैको कप्टेरो, पथ्थरको मुटु लगायतका गीत अहिले चर्चामा छन् । लोक लयमा आधारित दोहोरी गीत फुटेको भाँडो शान्तिश्रीको अफिसियल युट्युबमा हेर्न सकिन्छ।

प्रकाशित मिति: १९:४५ बजे, शुक्रबार, जेठ २१, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्