Kathmandu Press

विवादबीच संवैधानिक इजलासमा श्रेष्ठ र केसीको निरन्तरता, आदेश मार्फत निरुपण गर्ने तयारी

 संवैधानिक इजलासमा संलग्न न्यायाधीश श्रेष्ठ र केसीको विषयमा विवाद उत्पन्न भएपछि शुक्रबार सुनुवाइ स्थगित भएको थियो।
विवादबीच संवैधानिक इजलासमा श्रेष्ठ र केसीको निरन्तरता, आदेश मार्फत निरुपण गर्ने तयारी
Hardik ivfHardik ivf

काठमाडौं, जेठ १८ :  प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले विवादकाबीच संवैधानिक इजलासमा न्यायाधीश वमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाइ नै सम्लग्न गरेका छन् । यस विषयमा रिट निवेदक  कानुनव्यवसायीले आज पनि प्रश्न उठाउने भएका छ्न् ।

संवैधानिक इजलासमा संलग्न न्यायाधीश श्रेष्ठ र केसीको विषयमा विवाद उत्पन्न भएपछि शुक्रबार सुनुवाइ स्थगित भएको थियो। सोमबार इजलासको विवाद मिलाउनेगरी सर्वोच्चका वरिष्ठ न्यायाधीशहरुबीच छलफल पनि भएको थियो । तर उक्त छलफलमा पनि सहमति हुन नसकेपछि इजलासबाटै आदेश गरेर विवाद समाधान गर्ने सर्वोच्चको तयारी छ । 

मंगलबार पनि पुनः सोही इजलास गठन भएको छ । शुक्रबारको बहसमा रिट निवेदकका तर्फबाट बहसमा पुगेका कानुनव्यवसायीले खासगरि न्यायाधीश श्रेष्ठ नेकपाको नामसम्वन्धी विवादको फैसलामा संलग्न भई निर्णय दिईसकेको अवस्थामा न्यायमा प्रश्न उठ्नसक्ने भन्दै आपत्ति जनाएपछि इजलास स्थगित भएकोे थियो ।

उनीसँगै केसी पनि संसद पुनःस्थापनको निर्णयमा सम्लग्न रहेका कारण इजलासमा बस्न उपयुक्त नहुने राय दिएका थिए। वरिष्ठ अधिवक्ता सम्भु थापा, गोविन्द वन्दीलागाएतले  न्यायमा अविश्वास र प्रश्न उठ्नसक्ने भन्दै असहमती जनाएका थिए । त्यसपछि रिटमाथिको  स्थगित भएको थियोे । श्रेष्ठ र अर्का न्यायाधीश कुमार रेग्मी संलग्न संयुक्त ईजलसासले नेकपाको एकता बदर गर्ने एमाले र माओवादी केन्द्रलाई अलग अलग गरिदिएको थियो । 

श्रेष्ठलाई नै संवैधानिक इजलासमा राखिएको भनेर रिट निवेदकका कानुन व्यवसायीलेसमेत आपत्ति जनाए पनि श्रेष्ठको निरन्तरता भएको छ । यस विषयमा आज पनि वरिष्ठ अधिवक्ता शम्भु थापा, रमनकुमार श्रेष्ठ, बन्दी, रिट निवेदकलगाएतले आज पनि प्रश्न उठाउने भएका छन् । श्रेष्ठ र केसीलाई ईजलासमा राख्दा न्यायमा विश्वासको प्रश्न उठ्ने उनीहरुको भनाइ छ । यस अघि पनि विघटन विवादमा संवैधानिक इजलासमा संलग्न न्यायाधीश हरिकृष्ण कार्कीका विषयमा वरिष्ठ अधिवक्ता शंभु थापालगायतले प्रश्न उठाएपछि इजलासबाट आफैं अलग भएका थिए । 

मूख्य दाबीकर्ता रिट निवेदकले नै विश्वसनियताको प्रश्न उठाएपछि श्रेस्ठ र केसी हट्ने अनुमान थियो । शुक्रबारको बहसमा रिट निवेदकका तर्फबाट बहसमा पुगेका कानुनव्यवसायीले न्यायाधीश श्रेष्ठ नेकपाको नामसम्वन्धी विवादको फैसलामा संलग्न भई निर्णय दिइसकेको अवस्थामा न्यायमा प्रश्न उठ्नसक्ने भन्दै आपत्ति जनाएपछि इजलास स्थगित भएको थियो । 

अधिवक्ता गोविन्द वन्दीलागाएतले न्यायाधीस श्रेष्ठ इजलासमा रहँदा न्यायमा अविश्वास र प्रश्न उठ्नसक्ने भन्दै असहमती जनाएका थिए । त्यसपछि रिटमाथिको सुनुवाइ आइतबारसम्मका लागि स्थगित भएको थियो ।

श्रेष्ठ र अर्का न्यायाधीश कुमार रेग्मी संलग्न संयुक्त इजलसासले नेकपाको एकता बदर गर्ने एमाले र माओवादी केन्द्रलाई अलग अलग गरिदिएको थियो । उनै श्रेष्ठलाई संवैधानिक इजलासमा राखिएको भनेर रिट निवेदकका कानुन व्यवसायीलेसमेत आपत्ति जनाए पनि श्रेष्ठको निरन्तरता भएको छ । यस विषयमा आज पनि वरिष्ठ अधिवक्ता शम्भु थापा, रमनकुमार श्रेष्ठ, बन्दी, रिट निवेदकलगाएतले प्रश्न उठाउने भएका छन् ।

प्रकाशित मिति: ११:०० बजे, मंगलबार, जेठ १८, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्