Kathmandu Press

जसपाका चार सांसदलाई पदमुक्त गर्ने निर्णय यथास्थितिमा राख्न सर्वोच्चको आदेश

लुम्बिनी प्रदेशसभामा जसपाका चार सांसदलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
जसपाका चार सांसदलाई पदमुक्त गर्ने निर्णय यथास्थितिमा राख्न सर्वोच्चको आदेश
Hardik ivfHardik ivf

काठमाडौं, जेठ ३ : लुम्बिनी प्रदेशसभामा जसपाका चार सांसदलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

जसपाका सांसदहरू सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी, विजयबहादुर यादव र कल्पना पाण्डेलाई पदमुक्त गर्ने निर्णय रोक्न सर्वोच्चले आदेश दिएको हो।

उनीहरूलाई जसपाको उपेन्द्र यादव–डा. बाबुराम भट्टराई पक्षले १७ मंसिरमा पदमुक्त गराएको थियो।

सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको इजलासले प्रदेशसभाका सभामुखको निर्णय, प्रदेशसभाको सूचना तथा त्यससम्बन्धी पत्राचार कार्यान्वयन नगर्नु नगराउन, यथास्थितिमा राख्न आदेश दिएको हो। चारैजना अहिले लुम्बिनी प्रदेश सरकारका मन्त्री छन्।

प्रकाशित मिति: १९:२२ बजे, सोमबार, जेठ ३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्