Kathmandu Press

अनलाइन माध्यमबाट इजलास चलाउनुपर्ने कानुन व्यवसायीको माग

अनलाइन माध्यमबाट इजलास चलाउनुपर्ने कानुन व्यवसायीको माग

काठमाडौं, जेठ ३ : कोरोना महामारीबाट बच्न जारी निषेधाज्ञाका बेला सबै तहका अदालतले अनलाइन माध्यमबाट इजलास राख्ने अभ्यास सुरु गर्नुपर्नेमा जोड दिइएको छ।

सुशील कोइराला मेमोरियल फाउन्डेसनले भर्चुअल माध्यमबाट आज (आइतबार) आयोजना गरेको ‘महामारीमा न्याय, अनलाइन इजलास’ विषयक अन्तक्र्रियामा नेपाल बार एसोसिएशनका पूर्वअध्यक्ष शेरबहादुर केसीले १३ वर्षअघिदेखि नै अनलाइन इजलास चलाउने बहस हुँदै आए पनि कार्यान्वयनमा नआएको बताए।

Hardik ivf

कानुन व्यवसाय र न्यायपालिकासँग सम्बन्धित संस्थाले राख्नुपर्ने कार्यक्रम फाउन्डेसनले गरेर बहस चलाएकाले महामारीका बेला यसलाई निष्कर्षमा लैजानुपर्ने विचार उहाँले राख्नुभयो ।

बन्द र खुला दुवै इजलास अनलाइन माध्यमबाट नै चलाउने व्यवस्था गरिनुपर्ने कानुन व्यवसायीको माग छ । यो योजनलाई कार्यान्वयन गर्न सबैको सहयोगको आशासमेत गरिएको केसीको भनाइ थियो । एसोसिएसनका पूर्वमहासचिव सुनील पोखरेलले सुरक्षा र गोपनीयतालाई व्यवस्थित गरेर अनलाइन इजलास छिटो चलाउनुपर्नेमा जोड दिए। 

अधिवक्ता बाबुराम अर्यालले अनलाइन इजलास सुरु गरेपछि कमजोरी थाहा हुने र त्यसलाई सच्याउन पनि काम गर्न सकिने बताए। अनलाइन इजलास सञ्चालन गर्न आवश्यक बजेट व्यवस्थाका लागि सरोकार भएका निकायले ध्यान दिनुपर्ने उनको भनाइ थियो। 

फाउन्डेसनका सदस्य सचिव अतुल कोइरालाले जनताले शिक्षा, स्वास्थ्य र न्याय पाए भने देश समृद्ध हुने भएकाले महामारीमा पनि यसबाट नागरिकलाई वञ्चित गरिन नहुने बताए। न्याय नपाएकै कारण मानसिकलगायत स्वास्थ्य समस्या आई जनशक्तिको क्षति हुने भएकाले यस विषयलाई महत्वका साथ लिन उनले माग गरे।

प्रकाशित मिति: १४:५५ बजे, सोमबार, जेठ ३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्